विश्व इतिहासमा आजः भूपालमा ग्यास चुहिँदा २ हजारको मृत्यु भएको त्यो दिन

भारतको भूपालमा आजकै दिन अर्थात सन् १९८४ को ३ डिसेम्बरमा एउटा ग्यास भट्टीमा ग्यास चुहावट हुँदा कम्तिमा २ हजारको मृत्यु भएको थियो । ग्यास चुहावटपछि भोपालका हजारौंलार्ई विभिन्न समस्या देखिएको थियो । यसलाई विश्वकै सवैभन्दा खराब औधोगिक दुर्घटना मानिन्छ ।

सन् १९७० मा आयोतोल्लाह खमेनी त्यहाँको राष्ट्रपति बनेका थिए । धार्मिक नेता खमेनी सन् १९७९ को इरान क्रान्तिको समयका मुख्य नेता थिए ।

पहिलो पटक नियोन लाइटको आविश्कार
सन् १९१० मा पहिलो पटक नियोन लाइट सार्वजनिक गरिएको थियो । अधिकांश सहरी क्षेत्रमा देखिने यो लाइटको फ्रान्सेली आविश्कार तथा इन्जिनियर जर्ज क्लाउडेले पहिलो पटक आविश्कार गरेका थिए । ती लाइटलाई पहिलो पटक पेरिस मोटर सो मा पहिलो पटक प्रदर्शन गरिएको थियो ।

अमेरिकाको २१ औं राज्य इलिनोइस
सन् १८१८ मा मध्यपश्चिमी राज्य इलिनोइस अमेरिकामा आबद्ध भएको थियो । इलिनोइस अमेरिकामा आबद्ध हुने २१ औं राज्य हो । तीन ओटा अमेरिकी राष्ट्रपतिले इलिनोइसलाई आफ्नो गृह राज्य बताउँदै आएका छन् ।