सेञ्चुरी बैंकले गर्याे लाभांश घोषणा

सेञ्चुरी कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । जस मध्ये ४.७५ प्रतिशत बोनस सेयर रहेको छ भने ०.२५ प्रतिशत नगद लाभांश रहेको छ ।

बैंकले २०७९ असार मसान्तमा कायम चुक्ता पुँजी नौ अर्व पचपन्न करोड उनान्चालिस लाख नौ हजार एक सय अन्ठानब्बे रुपैयाँ उनान्नब्बे पैसाको ४.७५ प्रतिशतले हुन आउने पैंतालीस करोड अड्तीस लाख दश हजार छ सय छयासी रुपैयाँ पञ्चानब्बे पैसा बराबरको बोनश सेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२५  प्रतिशतले हुन आउने दुई करोड अड्तीस लाख चौरासी हजार सात सय त्रिहत्तर रुपैयाँ बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात लगानीकर्तामा वितरण हुनेछ।