भिरकाे चिण्डाे बन्याे नेप्से

न चढ्न सक्याे न झर्न नै

आज नेप्से बजार स्थिर रह्याे । हिजो २।९९ अंकले बढेको नेप्से आज ३।५१ अंकले घटेको छ । हिजोको बढाई र आजको घटाईले नेप्सेलाई सोमबार कै अवस्थामा फर्काएकाे छ ।

सुरुको केहि मिनेटमा नै नेप्सेले आजको उच्चतम विन्दु १ हजार ९ सय ५५।६० लाई पहिल्याए पश्चात ओरोलो लागेर नियमित कारोबारको पहिलो घण्टा मै आजको न्यूनतम विन्दु १ हजार ९ सय ४२।९५ मा नेप्से पुग्यो । यसपछि उकालो ओरालो गर्दै नेप्से १ हजार ९ सय४९।८५ विन्दुमा बजार बन्द भयो । तलको चित्र हेर्नुहोस् ।

नेप्से भाेलुम हिजोको तुलनामा करिब ११ प्रतिशतले घटेको छ ।  कुल भोलुम ८४ करोड बराबरको रहेको छ । पहिलो एक घण्टाको न्यून भोलुमले बजारलाई थप तल जानबाट रोकेको छ । अन्तिम एक घण्टामा आजको कुल कारोबारको बाँकी तीनवटा घण्टाको तुलनामा सबभन्दा बढी ३९ प्रतिशत कारोबार भएको थियो । अन्तिम एक घण्टाको भोलुमले नेप्सेलाई आजको न्यून विन्दुभन्दा माथि नै थाम्न सहयोग गर्यो । तलको चित्र हेर्नुहोस् ।

Figure 1 प्रत्येक चारवटा क्रमागत घण्टाको कारोबार भोलुम

आज जम्मा ६४ वटा कम्पनीको अन्तिम सेयर मुल्य बढेको छ भने १ सय २४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ६ वटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबेदल भएन ।

आज सेयर बजारलाई प्राविधिक सूचकहरूबाट हेर्दा, बोलिंजर ब्यान्ड (Bollinger Band) खुम्चने क्रम जारी नै रहेको छ । नेप्से ब्यान्डको मध्ये रेखा भन्दा माथि नै रहेको छ । आज बनेको क्यान्डल बनावटले नेप्से माथि जाने वा तल जाने अनिर्णित अबस्थामा रहेको संकेत गरेको छ । नेप्से उकालो लागेमा पुन ब्यान्डको माथिल्लो रेखालाई अबरोध परिक्षण गर्नेछ । ओरालो लागेमा मध्ये रेखामा पुन टेवा लिन सक्नेछ ।तलको चित्र हेर्नुहोस् ।

पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्से  तेस्रो अबरोधक (resistance, R3) माथि नै बस्न सफल भएको छ र यसमा टेवा लिएको छ। भोलि डिसेम्बरकाे लागी नयाँ पिभोट फिबोनाची (Pivot Fibonacci) रेखाहरु बन्ने छ । यसले आगामी महिनाको लागी नयाँ अबरोधक र आड रेखाहरु देखाउने छ । तलको चित्र हेर्नुहोस् ।

करिब तीन महिना अगाडि दुई हजारको तहबाट घटेको बजार पुन  दुई हजारकाे तहमा नै पुग्न सकस भईराखेको छ । नेप्सेलाई थप उचाई तय गर्न अहिले बजारलाई  दुई हजारको तह पार गर्न जरुरी रहेको छ ।

अहिले ठूलो संख्यामा रहेका साना तथा सर्वसाधारण लगानीकर्ताहरु सचेत हुनु जरुरी छ । साना तथा सर्वसाधारण लगानीकर्ताहरु नआँटिएको खण्डमा ठूला कारोबारीले बजार धेरै तल लान सक्दैनन भन्ने पुष्टि आज पनि पहिलो घण्टाको भोलुम र नेप्सेको घटाईले गरेको छ । साना तथा सर्वसाधारण लगानीकर्ताहरुले स्मार्ट लगानी तथा प्रतिफल ग्रहण गर्ने रणनीति तय गर्दै कारोबार गरेमा सीमित ठूला कारोबारीको अडानले  मात्र बजार धेरै तल जान सक्दैन ।

 

(तथ्यांक स्रोतः www.nepalstock.com.np तथा  www.nepsealpha.com