सेयर बजारमा सर्ट सेलिङकाे झल्को
विश्व सेयर बजारमा सर्ट सेलिङ (short selling) गर्ने प्रचलन नौलो होईन । विकसित सेयर बजारमा यसको बैधानिक मान्यता पनि रहेको छ । नेपालमा सर्ट सेलिंगको ब्यबस्था रहेको छैन । सर्ट सेलिङ ठूला कारोवारीले सर्वसाधारण लगानीलाई फसाउने विधिकाे रुपमा पनि प्रयोग गर्ने गर्छन । विकसित देशको सेयर बजारमा सर्ट सेलिङ गर्दा कुनै कम्पनीको आफूसँग नभएको सेयर कसैसँग सापटिमा लिने गर्छन । र सो सेयरलाई बजारमा सो सेयरको मूल्य घटाउन प्रयोग गर्छन । सापटी लिएका सेयरलाई योजनावद्ध तरिकाले मूल्यलाई तल दवाउदै बेच्ने गर्छन ।
मूल्य घटदै गएपछि सर्वसाधारण लगानीकर्ता आटिदैन घटदो मूल्यमा सेयर बेच्न थाल्छन । यसले सो सेयरको मूल्य झर्न थप मद्दत गर्दछ । यसरी मूल्य झर्दै गएपछि एउटा विन्दुमा पुन ती सेयरहरु सर्ट सेलरहरुले खरिद गर्छन र सापटी लिएको सेयर फिर्ता गर्छन । यसपछि पुन सेयरको भाउ बढ्न थाल्छ ।सर्ट सेलरहरुले माथिल्लो मूल्यमा बेचेको सेयरको भाउ र तल्लो मूल्यमा खरिद गर्दाको भाउको फरक मूल्यबाट उसले नाफा कमाउँछन् । सर्ट सेलिङ सफल हुन ठूलो जोखिम मोल्नु पर्नुको साथै ठुलै संख्याको सेयर कित्ताहरुको आवश्यक पर्दछ ।
नेपालको सेयर बजारमा सर्ट सेलिङको ब्यबस्था छैन । तर पनि कहिले कांहि सर्ट सेलिङको झझल्को देखिन्छ । बजार रफ्तारमा तल झर्दछ अनि पुन माथि आउने गर्दछ । आज बजारमा यसैको झझल्काे देखिएको छ । नियमित कारोबारको केहि मिनेटमा उक्लिन खोजेको नेप्से तत् पश्चात रफ्तारमा तल झर्यो । पहिलो एक घण्टामै बजार नकारात्मक ओरालो लागेर नप्सेले आजको न्यूनत विन्दु १ हजार ९ सय ३३।६४ लाई छुन पुग्यो । यो हिजोको तुलनामा १६।७३ अंकले घटेको हो । तर यस अवधिमा भोलुम भने आउन सकेन । यानी ठूलो कारोबारीले घटाउन खोजेको बजारमा सर्वसाधारणले थप भोलुम थोपरेर बजार घटने अबस्था भएन । यस पहिलो घण्टामा अन्य घण्टाको तुलनामा न्यून कारोवार भएको छ । आजको कुल कारोवारको सबभन्दा कम १५% मात्र कारोबार पहिलो एक घण्टामा भएको छ ।
करीब पहिलो घण्टामा न्यून विन्दुमा पुगेको बजार त्यस पछि उकालो लाग्यो । नेप्से अन्तिम घण्टाको पहिलो प्रहरतिर आजको उच्चतम विन्दु १ हजार ९ सय ५७।८८ मा पुगे पश्चात पुन ओरालो झर्यो । अन्तिममा नेप्से १ हजार ९ सय ३५।३५ विन्दुमा आजको बजार बन्द भयो । हिजोको तुलनामा आज नेप्से झिनो २।९९ (०।१५ प्रतिशत) अंकले बढेको हो । तलको चित्र हेर्नुहोस् ।
आजको भोलुम हिजोको तुलनामा करिब ३६% ले घटेको छ ।आजको कुल भोलुम ९५ करोड बराबरको रहेको छ ।अन्तिम एक घण्टामा आजको कुल कारोबारको बाँकी तीनवटा घण्टाको तुलनामा सबभन्दा बढी ३५ प्रतिशत कारोबार भएको थियो । अन्तिम एक घण्टाको भोलुमले नेप्सेलाई माथि नै थाम्न सहयोग गर्यो । तलको चित्र हेर्नुहोस् ।
Figure 1 प्रत्येक चारवटा क्रमागत घण्टाको कारोबार भोलुम
आज जम्मा १ सय २० वटा कम्पनीको अन्तिम सेयर मुल्य बदेको छ भने ५७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ९ वटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबेदल भएन ।
आज सेयर बजारलाई प्राविधिक सूचकहरूवाट हेर्दा, बोलिंजर ब्यान्ड (Bollinger Band) खुम्चने क्रम जारी रहेको छ । हिजो अनुमान गरे अनुरुप आज नेप्सेले ब्यान्डको मध्ये रेखा तिरटेवा लिई माथि गएको छ । आज बनेको ड्रागनफ्लाई डोजी क्यान्डल बनावटले भोलि नेप्से माथि जान सक्ने संकेत गरेको छ । नेप्से उकालो लागेमा पुन ब्यान्डको माथिल्लो रेखालाई अबरोध परिक्षण गर्नेछ । तलको चित्र हेर्नुहोस् ।
पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्सेआज पनितेस्रो अबरोधक (resistance, R3) माथि नै बस्न सफल भएको छ र यसमा टेवा लिने प्रयास गरिराखेको छ। भोलि नेप्से पुन अघिल्लो दिनको भन्दा र तेस्रो अबरोधक भन्दा माथि नै बस्न सफल भएमा नेप्सेले अर्को उचाईको यात्रा तय गर्ने सम्भावना प्रबल हुन्छ । तलको चित्र हेर्नुहोस् ।
नेपालको सेयर बजार केहि ठूला कारोबारी र तिनलाई संरक्षण गर्ने सरकारी नियामकको हातमा रहेको जग जाहेर हो । अहिले ठूलो संख्यामा रहेका साना तथा सर्वसाधारण लगानीकर्ताहरु सचेत हुनु जरुरी छ । साना तथा सर्वसाधारण लगानीकर्ताहरु नआँटिएको खण्डमा ठूला कारोबारीले बजार धेरै तल लान सक्दैनन भन्ने पुष्टि आजको पहिलो घण्टाको भोलुम र नेप्सेको घटाईले गरेको छ । साना तथा सर्वसाधारण लगानीकर्ताहरुले स्मार्ट लगानी तथा प्रतिफल ग्रहण गर्ने रणनीति तय गर्न सकेमा ठूला कारोबारीको बल बुत्ताले मात्र बजार धेरै तल जान सक्दैन ।
(तथ्यांक स्रोतः www.nepalstock.com.np तथा www.nepsealpha.com।
फेसबुकबाट तपाईको प्रतिक्रिया