नेप्से कमजाेर बन्दै
मंगलबार नेप्से परिसुचकमा ०.१५ प्रतिशत अर्थात करिब तीन अंकले उकालो लागेको छ । सोमबार सेयर बजार १५.६१ अंकले घटेर १९५०.३७ विन्दुमा रोकिएके थियो। सोही दिन करिब साढे एक अर्बको सेयर कारोबार भएको थियो ।
मंगलबार २५ लाख ८९ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ९५ करोड ७० लाखभन्दा बढीको कारोबार हुँदै १९५३.३५ अंकमा बन्द भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ । यस्तै, १९६ कम्पनीहरुको कारोबार हुँदा १२० कम्पनीमा वृद्धि भएको छ । ६७ कम्पनी घाटामा गएको र नौ कम्पनी स्थिर रहेको छ ।
धौलागिरी लघुवित्त वित्तिय संस्था १५.३०, एनसिसि बैंक ८.९९ अंकले वृद्धि भएको छ । हिमालयन डिस्टिलरी ९ करोड ७२ लाख ७५ हजार ३८२ रुपैयाँको कारोबार भएको र नबिल बैंककाे भने ४ करोड ३१ लाख ६१ हजार ८९२ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार विकास बैंक, फाइनान्स, हाइड्रोपावर, जीवन बिमा, माइक्रो फाइनान्स, र म्युचुअल फण्ड कम्पनीहरूमा वृद्धि भएको छ । अरु कम्पनीहरूमा ओरालो लागेको नेप्सेले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया