यी हुन् विश्व इतिहासमा आज भएका प्रमुख घटनाक्रम
आज २९ नोभेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रम
–सन् १९५१ मा थाइलेन्डको सेनाले देशको सत्ता आफ्नो हातमा लिँदै सन् १९३२ को संविधान पुनस्र्थापित गरेको थियो ।
–सन् १९२९ मा अमेरिकी अन्वेषक रिचर्ड बर्ड दक्षिण ध्रुव माथि उडान गर्ने पहिलो व्यक्ति बनेका थिए । उडान गर्न १८ घण्टा लागेको थियो । त्यसको तीन वर्षअघि ब्यर्डले उत्तरी ध्रुवमा उडान गरेका थिए । तर, उनले उडान सम्पन्न गरे वा गरेनन् भन्नेमा आशंका छ ।
–सन् २००७ मा फिलिपिन्सको सशस्त्र सेनाले सिनेटर एन्टोनियो ट्रिलानेसको नेतृत्वमा भएको विद्रोहको जबाफमा मनिला टापुलाई घेरा हालेको थियो ।
–सन् १९६२ मा अल्जेरियामा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको थियो ।
–सन् १९३९ मा सोभियत विमानहरूले फिनल्यान्डको हेलसिन्कीमा विस्फोट गराएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया