नेप्से सकारात्कमतर्फ उन्मुख

चुनावी परिणाम अन्तिम चरणमा पुगेकाे  छ । अर्थतन्त्रमा सुधार भइ तरलता सहज हुँदै जान थालेकाे समाचार मिडियामा आईरहेको छन् । अर्थतन्त्रका सूचकहरु सकारात्मक बन्दै गएका कारण लगानीकर्ताहरुले लगानी बढाउँदै लगेकाे देखिएको छ । प्राविधिकरुपमा अघिल्लो हप्ता नै बजारले माथि जाने सक्ने संकेत गरेकाे थियो । तर केही दिन राेकिएर आज अगाडि बढेकाे छ ।

भोलुमले दुई अर्व नाघेको छ । यो बजारको प्रमुख उल्लेखनीय पक्ष रहेको छ । भोलुमसँगसँगै अघिल्लो दिनको कारोबारको तुलनामा नेप्से ३२ दशमलव ४३ (१।६८ प्रतिशत) अंकले बढेको छ । नियमित कारोवारको केही मिनेटमै उकालो लागेको नेप्से फेरि ओरालो लाग्यो । उकालो ओरालो गर्दै नेप्से आजको उच्चतम १ हजार ९ सय ६५।९८ विन्दुमा बजार बन्द भयो । आज बजार नेप्सेको करिब १ हजार ९ सय ४५ विन्दुमा खुलेको थियो । यो नै आजको न्यूनतम विन्दु रहेको छ । तलको चित्र हेर्नुहोस् ।

आज भोलुमले २ अर्ब नाघेको छ । आजको कुल भोलुम २ अर्ब दुई करोड बराबरको रहेको छ । यो अघिल्लो दिनको तुलनामा शतप्रतिशले बढेको हो । आज पहिलो एक घण्टामा नै आजको कुल कारोबारको बाँकी तीनवटा घण्टाको तुलनामा सबभन्दा बढी ३० प्रतिशत कारोबार भएको थियो । पहिलो एक घण्टाको भोलुमले नेप्सेलाई माथि नै थाम्यो भने अन्तिम एक घण्टाको भोलुमले थामिएको बजारलाई थप माथि तान्न सफल भयो । तलको चित्र हेर्नुहोस् ।

Figure 1 प्रत्येक चारवटा क्रमागत घण्टाको कारोबार भोलुम

आज जम्मा १ सय ६९ वटा कम्पनीको अन्तिम सेयर मुल्य बढेको छ भने २० वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै २ वटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबेदल भएन ।

मूल्य बृद्दि भएका उत्कृष्ट १० वटा कम्पनीहरुमा ४ वटा हाईड्रोपावर, ४ वटा लघुवित्त र एक एक वटा विकास बैंक तथा बैंक समूहका कम्पनीहरु रहेका छन । यी कम्पनीहरुको अन्तिम सेयर मूल्य बृद्धि ५।८ देखि ८।२१ प्रतिशत भित्र सीमित रहेको छ । आज सबभन्दा धेरै मूल्य घटेका १० कम्पनीहरु निम्नानुसार रहेको छ । जसमा ५ वटा बैंक, ४ वटा लघुवित्त, र १ वटा हाईड्रोपावर,समूहका कम्पनीहरु रहेका छन् । यी १० वटा कम्पनीको मूल्य घट्ने दर ०।५१ प्रतिशत देखि १।६७ प्रतिशतमा सीमित रहेको छ । जस अनुरुप बाँकी घटेका कम्पनीहरुको मूल्य घट्ने दर नगन्य रहेकोछ ।

दुई दिन अघि सर्किट लागेको सिभिल बैंकको सेयर मूल्य नगन्य मात्रामा घटेको छ । सर्किट लाग्नुको कारण थाहा पाउन अझै केही दिन कुर्नु पर्नेछ ।

आज सेयर बजारलाई प्राविधिक सूचकहरूवाट हेर्दा, बोलिंजर ब्यान्ड (Bollinger Band)को तीनवटै रेखा माथि तिर सोझिएको छ । नेप्सेमध्ये रेखाभन्दा माथि नै बस्न सफल भई ब्यान्डको माथिल्लो रेखा छुन जाने संकेत गरेको छ । सम्भवत भोलि माथिल्लो रेखासम्म नेप्से पुगेमा, ब्यान्डको माथिल्लो रेखा अबरोधक हुन सक्छ वा यहि रेखासँग लेसिदै नेप्सेले केहि दिन उकालो यात्रा जारी राख्न सक्नेछ । बजारको बाह्य वातावरण र क्यानडलको बनावटले चाहिँ लेसिदै नेप्से उकालो लाग्ने नै सम्भावना धेरै रहेको छ । तलको चित्र हेर्नुहोस् ।

पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्सेलेआज तेस्रो अबरोधक (resistance, R3) तोडेर माथि नै बस्न सफल भएको छ । भोलि नेप्से पुन माथि नै बस्न सफल भएमा नेप्से अर्को उचाईको यात्रा तय गर्ने सम्भावना प्रवल हुन्छ । तलको चित्र हेर्नुहोस् ।

प्राविधिकरुमा नेप्सेले १ हजार ९ सयको तह पार गरी २ हजार को तह भेटाउने कोसिसमा रहेको छ । यो साता नेप्सेले २ हजार तह पार गर्ने लक्षण ल्याएमा चाँडै नै नेप्सेको उकालो यात्रा मजबूत हुँदै जानेछ ।