तरलता अभाव लामाे समय रहदैन : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलता अभाव चाँडैनै समाधान हुने बताएका छन् ।  बैंकिङ्ग, फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल र इण्डिया–नेपाल सेन्टर, पिएचडि चेम्बर अफ कमर्श भारतको सहकार्यमा नेपाल इण्डिया विएफएसआई पार्टनरसीप समिट –२०२२ कार्यक्रम गभर्नर अधिकारीले तरलता अभाव चाँडैनै समाधान हुने बताएका हुन्।

गभर्नर अधिकारीले नेपालको अर्थतन्त्रलाई मज्वुत बनाउनको लागि निर्यात प्रवद्र्धनमा जोडदिनु पर्ने बताए । नेपाल र भारतमा समेत छोटो समय देखिएको तरलता अभाव चाँडैनै समाधान हुने उनको धारणा थियो । त्यसैगरी दुबै देशबीच रेमिटेन्सलाई फर्मलच्यानलबाट आदान प्रदान गर्नको लागि जोडदिन आग्रहसमेत गरे । विगत ३ महिनामा निर्यात वृद्धि भएकोले भुक्तानी सन्तुलन सकारात्मक रहेको उनले बताए ।

कार्यक्रममा दुई देशबीच बैंक, वित्तीय संस्था र इन्स्योरेन्स क्षेत्रका रेगुलेटरी र कमर्शियल नीतिहरु थप प्रभावकारी बनाउनको लागि नेपाल दुई देशका विज्ञहरुले आआफ्नो धारणा राखेका थिए । यस सत्रको चेयर नेपाल राष्ट्र बैंकका डेपुटीगभर्नर बमबहादुर मिश्रले गरेका थिए भने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु डा. गुणाकर भट्ट, डा. प्रकाश कुमार श्रेष्ठ, रामु पौडेल, गुरुप्रसाद पौडेलले नेपाल र भारत बीच देखिएका व्यवहारिक र नीतिगत व्यवस्थाहरुका सम्बन्धमा धारणा राखे थिए ।

भारतका विएफएसआइ विज्ञ अनुकुल भट्नाकरले सहकार्यका क्षेत्र र टेक्नोलोजीको विकास र यसले वित्तिय क्षेत्रमा पार्ने प्रभावका बारेमा धारणा राखेका थिए । त्यसै गरी सुदिन राय चौधरीले भारत र नेपालको बीमा क्षेत्रको वर्तमान अवस्थालाई उधृत गर्दै थप सहकार्यका मार्गहरु बारेमा प्रकाश पारेका थिए ।