प्राविधिकरुपमा बजार सकारात्मक तर्फ उन्मूख

चुनाव पछिको तेस्रो दिन तथा साताको अन्तिम दिनमा सेयर बजार उकालो लाग्ने संकेत गरेको छ । प्राविधिकरुपमा बजारले माथि मोडिएको ईशारा गरेको छ । अघिल्लो साता निरन्तर बढेको बजार पुन दुई दिन करक्सेन हुनु अस्वभाविक होईन । यसरी सानोतिनो करेक्सन भएर बजार अघि बढेमा बजारको उकालो यात्रा मजबूत हुँदै जाने प्राविधिक मान्यता रहेको छ।

देशको आर्थिक स्थिति सुधारन्मुख रहेता पनि राजनैतिक परिदृष्य अझै स्पष्ट भैसकेको छैन । जनतामा नयाँ शक्तिको उदयले आशा जगाए पनि कारोबारी लगानीकर्ताहरुको अस्थिरताको शंसयमेट्न नसकेको बजारको भोलुमले संकेत गरिरहेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा नेप्से आज ११।५६ (०।६ प्रतिशत) अंकले बढेकोछ । नियमित कारोवारको शुरुको केहि मिनेटमा नेप्से उकालो लागेपनि आधी घण्टामा आजको न्यून १९१६।३५ विन्दुमा नेप्से पुग्यो । यसपछि नेप्सेले माथि उकल्ने संघर्ष गरिरहयो । करिब दुई बजेतिर आजको उच्चतम विन्दु १ हजार ८ सय ३३।५५ लाई भेटाए पश्चात पुन केहि ओरालो लाग्यो । अन्तिममा पुन आजको उच्चतम विन्दुमा नै बजार बन्द भयो ।तलको चित्र हेर्नुहोस ।

आज भोलुम १ अर्व पुग्न सकेन । आजको कुल भोलुम ९२ करोड बराबरको रहेको छ । यो हिजोको तुलनामा करिब ९ प्रतिशतले घटेको हो । आज अन्तिम घण्टामा आएको भोलुमले नेप्सेलाई माथीउचालेको थियो । आजको कुल कारोबारको सबभन्दा बढी ४५ प्रतिशत कारोबारअन्तिम घण्टामा भएको थियो । तलको चित्र हेर्नुहोस् ।

Figure 1 प्रत्येक चारवटा क्रमागत घण्टाको कारोबार भोलुम

आज जम्मा १ सय २४ वटा कम्पनीको अन्तिम सेयर मुल्य बढेको छ भने ४९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १७ वटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबेदल भएन ।

आज मूल्य बृद्दि भएका उत्कृष्ट १० वटा कम्पनीहरु निम्नानुसार रहेको छ । जसमा ५ वटा हाईड्रोपावर, २ वटा लघुवित्त, २ वटा फाईनान्स र एक वटा बिकास बैंक समूहका कम्पनीहरु रहेका छन । यी कम्पनीहरुको अन्तिम सेयर मूल्य बृद्धि ३।६ देखि ६।८३ प्रतिशतभित्र सीमित रहेको छ । बाँकी बढेका कम्पनीको सेयर मूल्यको बृद्दिसामान्य रहेको छ ।

आज सबभन्दा धेरै मूल्य घटेका १० कम्पनीहरु निम्नानुसार रहेको छ । जसमा ४ वटा हाईड्रोपावर, ३ वटा लघुवित्त र एक एकवटा फाईनान्स, होटल तथा ईन्सुरेन्छ समूहका कम्पनीहरु रहेका छन । यी १० वटा कम्पनीको मूल्य घटने दर १।५१ प्रतिशतदेखि २।८९ प्रतिशतमा सीमित रहेको छ । जस अनुरुप बाँकी घटेका कम्पनीहरुको मूल्य घटने दर सामान्य रहेकोछ ।

हिजो सर्किट लागेको सिभिल बैंकको सेयर मूल्य नगन्य मात्रामा घटेको छ । सर्किट लाग्नुको कारण थाहा पाउन अझै केहि दिन कुर्नु पर्नेछ ।

आज सेयर बजारलाई प्राबिधीक सूचकहरूवाट हेर्दा, बोलिंजर ब्यान्ड (Bollinger Band)को तीनवटै रेखाले माथि जानसक्ने संकेत कायम नै राखेको छ । नेप्सेमध्ये रेखामा भन्दा माथि नै बस्न सफल भएको छ । नेप्सेले आज मध्ये रेखामा पुन टेवा लिएर माथि गएको छ । अर्को साता नेप्से माथि नै गएमा करेक्सन सकेको कन्फर्म हुन्छ । तत् पश्चात नेप्से उकलेर बोलिंजर ब्यान्ड (Bollinger Band) को माथिल्लो रेखा छुन जाने सम्भावना प्रबल हुन्छ । तलको चित्र हेर्नुहोस् ।

पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्सेलेआज पुनदोस्रो अबरोधक (resistance, R2)मा टेवा लिएर माथि नै बसेको छ । अर्को सातातेस्रो अबरोधक (resistance, R3) सामना गरेर नेप्से माथि बसेमा, नेप्सेको करेक्सन सकिएको कन्फर्म हुन्छ ।तलको चित्र हेर्नुहोस् ।

प्राविधिकरुपमा नेप्सेले करेक्सन सकेको संकेत दिएको छ । आगामी साता सम्म देशको राजनैतिक माहौल थप स्पष्ट हुँदै जानेछ । नयाँ शक्तिको उदयले सेयर बजारलाई कस्तो बनाउने हो आगामी साता तय हुनेछ ।