चिसो बढ्याे सावधानी अपनाउन सुझाव

देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।
राति भने देशभर मौसम सामान्यतया सफा रहनेछ ।

शुक्रबार पहाडी भेगमा आंशिक बदलीको सम्भावना छ ।

पछिल्लो समयमा तापक्रम भने घट्दै गएको छ । महाशाखाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउ अनुरोध गरेको छ ।