राजनैतिक माहाेलप्रति बजार अझै शसंकित
चुनाव पछिको दोस्रो दिनको सेयर बजार पनि सकारात्मक हुन सकेन । हालसम्म प्राप्त चुनावको नतिजाले देशको राजनीति कता जाने टुंगो लागेको छैन । यसैको परिणाम सेयर बजारमा झल्किएको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा नेप्से आज ७।७२ (०।४%) अंकले घटेको छ । नियमित कारोवारको शुरुको केहि मिनेटमा नेप्सेले आजको उच्चतम विन्दु १ हजार ९ सय ३३।९३ लाई छोएर ओरालो लागेको थियो । यो ओरालो करिब १२ बजेसम्म कायम भयो र पुन उकालो लाग्ने प्रयास गर्यो । १ बजे पश्चात थप उकालो लाग्ने प्रयास विफल भयो । नेप्से न्यून विन्दुमा पुगेपछि पुन उकालो लागेर १ हजार ९ सय २१।९९ विन्दुमा आजको बजार बन्द भयो । तलको चित्र हेर्नुहोस् ।
आज भोलुमले १ अर्व मुश्किलले काटेको छ । आजको कुल भोलुम १ अर्व २ करोड बराबरको रहेको छ । यो हिजोको तुलनामा करिब २४ प्रतिशतले कम हो । घट्दो बजारमा भोलुम घट्दै जानु सकारात्मक संकेत हो । आज पहिलो घण्टामा आएको भोलुमले नेप्सेलाई तल धकेलेको थियो । आजको कुल कारोबारको सबभन्दा बढी ३२ प्रतिशत कारोबार पहिलो घण्टामा भएको थियो । बाँकी तीन घण्टाको भोलुमले नेप्सेलाई माथि लाने प्रयास गर्यो तर सफल हुन सकेन । तलको चित्र हेर्नुहोस् ।
Figure 1 प्रत्येक चारवटा क्रमागत घण्टाको कारोबार भोलुम
आज जम्मा ५७ वटा कम्पनीको अन्तिम सेयर मुल्य बढेको छ भने १ सय २४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ७ वटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबेदल भएन ।
आज मूल्य बृद्दि भएका उत्कृष्ट १० वटा कम्पनीहरु निम्नानुसार रहेको छ । जसमा ४ वटा लघु वित्त, ३ हाईड्रोपावर, र एक एक वटा बैक, उत्पादनर फाईनान्स समूहका कम्पनीहरुरहेका छन । यी कम्पनीहरुको अन्तिम सेयर मूल्य बृद्धि २।३४ देखि १०% भित्र सीमित रहेको छ । बाँकी बढेका कम्पनीको सेयर मूल्यको बृद्दि सामान्य रहेको छ ।
आज सबभन्दा धेरै मूल्य घटेका १० कम्पनीहरु निम्नानुसार रहेको छ । जसमा ५वटा हाईड्रोपावर, २ वटा लघु बित्त, र एक एक बैंक, ट्रेडिंग तथा फाईनान्स समूहका कम्पनीहरु रहेका छन । । यी १० वटा कम्पनीको मूल्य घटने दर २।९०% देखि ४।७८% मा सीमित रहेको छ । जस अनुरुप बाँकी घटेका कम्पनीहरुको मूल्य घटने दर सामान्य रहेको छ ।
आज सेयर बजारलाई प्राविधिक सूचकहरूवाट हेर्दा, बोलिंजर ब्यान्ड (Bollinger Band)को तीनवटै रेखाले माथि जानेसक्ने संकेत कायम नै राखेको छ । नेप्सेमध्ये रेखामा भन्दा माथि नै बस्न सफल भएको छ । नेप्सेले बनाएको अनिर्णयको क्यानडल प्याटर्नले नेप्सेले पुन मध्ये रेखामा आड लिन आउन सक्ने सम्भावना पनि देखाएको छ । भोलि मध्य रेखामा आड लिएर माथि जान पनि सक्छ वा शुरुवाटमै उकालो लाग्न पनि सक्ने प्रबल सम्भावना छ । यसो भएमा करेक्सन सकिएको मान्न सकिन्छ ।यसले नेप्से थप उकालो लाग्ने सम्भावनालाई दर्शाउँछ । तलको चित्र हेर्नुहोस् ।
पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्सेले दोस्रो अबरोधक (resistance, R2) मा टेवा लिएर माथि नै बसेको छ । भोलि पुन तेस्रो अबरोधक (resistance, R3) सामना गरेर नेप्से माथि बसेमा, नेप्सेको करेक्सन सकिएको मान्न सकिन्छ । तलको चित्र हेर्नुहोस् ।
प्राविधिकरुपमा नेप्सेको आज दोस्रो दिनको करेक्सन स्वाभाविक नै हो । भोलि पनि यो करेक्सन जारी रहेमा माथि उल्लेखित टेवाहरुमा आड लिन सक्ने छ । आजको करेक्सन राजनैतिक अनिश्यको कारण भएको ओरालो यात्राको निरन्तरता भए नेप्से पुन १ हजार ८ सयको विन्दुमा नआउला भन्न सकिदैन ।
तर नेपाल राष्ट्र बैंकको रिपोर्ट अनुसार देशको अर्थतन्त्र सुध्रिने क्रममा रहेको छ । ब्याजदर अब नबढने लगभग पक्का छ । जसको कारण बजार पुन माथी जादैन भन्न सकिने अबस्था छैन । सामान्य तथा साना लगानीकर्ताले सेयर सस्तो दरमा फाल्नु उपयुक्त हुँदैन । आफ्नो पोर्टफोलियो अनुसार किनबेचको रणनीति तय गर्दै बजार माथी लाने प्रसासमा लाग्नु सबैको लागी कल्याण हुनेछ ।
नेप्से १ हजार ९ सयको तहमा केहि दिन रुमलिएमा बजार थप उकालो लाग्ने अनुमान गर्न सक्छौ ।
नेपालको सेयर बजार insider information को बलबुत्ता चल्ने पुन रिडी हाईड्रोपावरको केहि दिन अगाडि देखि भइराखेको कारोबारले पुष्टि गरेको छ । नियामक निकाय नेप्से र कम्पनी बिच लुकाछिपिकाे खेल चलेको छ । आज रोक्का भएको सेयर कारोबार पर्सिसम्म खुलेमा आश्चर्य मान्नु पर्ने छैन ।
धेरै पछि बैंक समूह सिभिल बैंकमा सर्किट लागेको छ । यो काकताली हो कि insider information को खेला हो, केहि दिनको प्रतिक्षा गर्नु पर्ने देखिन्छ ।
सरकारी नियामक निकायले मिलमतोमा सेयर बजारका केहि ठूला कारोबारीलाई एकािधकार बनाएर राखेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया