सेयर बजारकाे शसंकुचन कहिले राेकिएला?
चुनाव पछिको पहिलो दिनको सेयर बजार सकारात्मक हुन सकेन । चुनावपछि जनताले बैकल्पिक बाटो चाहेको संकेत गरेको र नयाँ शक्ति राजनीतिमा प्रवेश हुने आँकलनकाबीच पनि बजार घटेको छ । प्राविधिकरुपमा हेर्दा अघिल्लो चार दिन लगालग बढेको बजार आज केहि करेक्सन आउनु स्वभाविक नै हो । तर लगानीकर्ताले राजनैतिक उत्साहलाई नपछाउनुमा बजारमा केहि संशय भएको अनुमान लगाउन सकिन्छ । पहिलो संशय, राजनीतिमा बैकल्पिक शक्तिको उदय भए पनि समग्रमा पुन हंग पार्लियामेन्ट हुने र यसले राजनैतिक अस्थिरता झन् बढाउन सक्ने रहेको छ । दोस्रोमा बैकल्पिक शक्ति लोकतान्त्रिक प्रकृतिको नभई प्रतिगमन पक्षपोषक संघीयता गणतन्त्र बिरोधी रहेको छ । यसले देशमा अर्को राजनैतिक द्वन्द्व निमत्याउने संकेत गरेको छ । देश पुन अर्को राजनैतिक द्वन्द्व जाने खतरा रहेको छ । जे होस् नेप्से आज १ हजार ९ सय मुनि नआउनु सकारात्मक रहेको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा नेप्से आज ७।१३ (०।३७ प्रतिशत) अंकले घटेको छ । नियमित कारोवारको शुरुको केहि मिनेटमा नेप्सेले आजको उच्चतम विन्दु १ हजार ९ सय ६१।२८ लाई छोए पश्चात निरन्तर ओरालो लाग्यो । अन्तिम केहि मिनेटमा आजको न्यूनतम विन्दु १ हजार ९ सय २६।३९ लाई छोएर केहि माथि १ हजार ९ सय २९।७० मा आज बजार बन्द भयो । तलको चित्र हेर्नुहोस् ।
आज नेप्सेलाई भोलुमले शुरुमा माथी धकेल्न खोज्यो तर पछि क्रमश धकेल्दै तल नै लग्यो । आजको कुल भोलुम १ अर्व ३५ करोड बराबरको रहेको छ । यो अघिल्लो दिनको तुलनामा करिब २१ प्रतिशतले कम हो । आज पहिलो घण्टामा आएको भोलुमले नेप्सेलाई माथि धकेल्न सफल भएको थियो भने बाँकी ३ वटा घण्टामा आएको भोलुमले नेप्सेलाई तल नै धकेल्यो । आजको कुल कारोबारको सबभन्दा बढी ३३ प्रतिशत कारोबार अन्तिम एक घण्टामा भएको छ । तलको चित्र हेर्नुहोस् ।
Figure 1 प्रत्येक चारवटा क्रमागत घण्टाको कारोबार भोलुम
आज जम्मा ५२ वटा कम्पनीको अन्तिम सेयर मुल्य बदेको छ भने १ सय ३२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ६ वटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबेदल भएन ।
आज मूल्य बृद्दि भएका उत्कृष्ट १० वटा कम्पनीहरु निम्नानुसार रहेको छ । जसमा ४ वटा लघु वित्त, २ हाईड्रोपावर, २ बैककम्पनी र एक एक वटा उत्पादनर फाईनान्स समूहका कम्पनीहरु रहेका छन् । यी कम्पनीहरुको अन्तिम सेयर मूल्य बृद्धि १।८७ देखि ६।२३ प्रतिशतभित्र सीमित रहेको छ । बाँकी बढेका कम्पनीको सेयर मूल्यको बृद्दिसामान्य रहेको छ ।
आज सबभन्दा धेरै मूल्य घटेका १० कम्पनीहरु निम्नानुसार रहेको छ । जसमा ६ वटा हाईड्रोपावर कम्पनी, र एक एक बिकास बैंक, लघुवित्त, लगानी तथा उत्पादन समूहका कम्पनीहरु रहेका छन । यी १० वटा कम्पनीको मूल्य घटने दर ३।२७ प्रतिशत ५।५८ प्रतिशत मा सीमित रहेको छ । जस अनुरुप बाँकी घटेका कम्पनीहरुको मूल्य घटने दर सामान्य रहेकोछ ।
सेक्टर (sector wise) उप-सूचकमा बैंकिंगसमूहको उप-सूचक सबभन्दा बढी नगन्य ०।०९ प्रतिशतले बढेको छ । विकास बैंक र अन्यसमूहको उप-सूचक सबभन्दा धेरै १।४४ प्रतिशतले घटेको छ ।
आज सेयर बजारलाई प्राविधिक सूचकहरू वाट हेर्दा, बोलिंजर ब्यान्ड (Bollinger Band)को तीनवटै रेखा माथी फर्कन लागेको छ । नेप्सेमध्ये रेखामा भन्दा माथि नै बस्न सफल भएको छ । यसले नेप्से उकालो लाग्ने सम्भावनालाई देखाउँछ । तर नेप्सेले बनाएको सुटिंग स्टार क्यानडल प्याटर्नले नेप्सेले पुन मध्ये रेखामा आड लिन आउन सक्ने सम्भावना पनि देखाएको छ । तलको चित्र हेर्नुहोस् ।
पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्सेले तेस्रो अबरोधक (resistance, R3)पार गरेर पुन मुनि आएको छ । भोलि पुन तेस्रो अबरोधक (resistance, R3) सामना गरेर नेप्से माथि बसेमा, नेप्सेको करेक्सन सकिएको मान्न सकिन्छ । तलको चित्र हेर्नुहोस् ।
प्राविधिकरुपमा नेप्सेको आजको करेक्सन स्वाभाविक रहेको छ । भोलि पनि यो करेक्सन जारी रहेमा माथि उल्लेखित टेवाहरुमा आड लिन सक्ने छ । आजको घटाई राजनैतिक अनिश्यको कारण भएको भए नेप्से पुन १ हजार ८ सयको विन्दुमा नआउला भन्न सकिदैन ।
तर नेपाल राष्ट्र बैंकको रिपोर्ट अनुसार देशको अर्थतन्त्र सुध्रिने क्रममा रहेको छ । ब्याजदर अब नबढ्ने लगभग पक्का छ । जसको कारण बजार पुन माथीि जादैन भन्न सकिने अबस्था छैन । सामान्य तथा साना लगानीकर्ताले सेयर सस्तो दरमा फाल्नु उपयुक्त हुँदैन । आफ्नो पोर्टफोलियो अनुसार किनबेचको रणनिती तय गर्दै बजार माथि लाने प्रसासमा लाग्नु सबैको लागी कल्याण हुनेछ ।
नेप्से १ हजार ९ सयको तहमा केहि दिन रुमलिएमा बजार थप उकालो लाग्ने अनुमान गर्न सक्छौ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया