चुनाव पछिको सेयर बजार कस्तो होला ?

संघीय तथा प्रदेशकाे निर्वाचन सकिएको छ । यो साता देशमा नयाँ राजनैतिक माहौल बन्दैछ । साथै जनताले बैकल्पिक शक्ति खोजिरहेको संकेत गरिसकेको छ । राजनैतिकरुपमा देश स्थिरतातर्फ जान खोजिरहेको छ । यसरी सकारात्मक राजनैतिक परिस्थितिमा अबको सेयर बजार कता जाला ?

अघिल्लो हप्ता सेयर बजारको पुरै पाँच दिन कारोवार भयो । साताको पहिलो दिनको कारोबारले  अघिल्लो साताको ओरालो थामेको थियो । त्यसपछिका ४ दिनमा नेप्से उकालो लाग्यो । नेप्से त्यस अघिल्लो साताको तुलनामा ४३।१३ अंकले (२।२८ प्रतिशत) बढेर साताको कारोबार बन्द भएको थियो । नेप्से १ हजार ९ सय ३६।८३ विन्दुमा रहेको छ । साप्ताहिकरुपमा हेर्दा नेप्सेले दुईवटा बटम बनाएर माथि जान खोजेको प्रतित हुन्छ । तलको चित्र हेर्नुहाेस् ।

कुल कारोबार रकम भोलुम (Volume)लाई हेर्ने हो भने पछिल्लो २१ हप्ताको औषत कारोबार रकम भन्दा तल नै यस हप्ताको कुल कारोबार रकम रहेको छ । २१ हप्ताको औषत कारोबार रकम साढे आठ अर्ब बराबरको रहेको छ भने यस हप्ता ५ अर्ब ३१ करोड बराबरको कारोबार भएको छ । यो अघिल्लो साताको तुलनामा २६ प्रतिशतले घटेको हो ।आगामी साता साप्ताहिक बजार औषत भोलुम तर्फ उन्मूख हुने आशा गर्न सकिन्छ । तलको चित्र हर्नुहोस् ।

बिहीबार सबभन्दा धेरै भोलुम आएको छ र यसै दिन नेप्सेको बृद्दि दर अन्य दिनको तुलनामा धेरै रहेको छ । आगामी साता सकारात्मक बजारको आशाको कारण अन्तिम दिन लगानीकर्ताहरु थप कारोबार गर्न आकर्षित भएको अनुमान गर्न सकिन्छ ।

यो हप्ता मूल्य बृद्दि भएका १० उत्कृष्ट कम्पनीहरु निम्नानुसार रहेको छ । उत्कृष्त १० कम्पनीहरुको अन्तिम सेयर मूल्य बृद्धि ९।४३ देखि १४।८२ प्रतिशत भित्रसीमित रहेको छ ।उत्कृष्ट सबै १० कम्पनीहरुलगभग १० प्रतिशतको हाराहारीमा सेयर मूल्य बृद्दि भएको छ  ।

आज सबभन्दा धेरै मूल्य घटेका १० कम्पनीहरु निम्नानुसार रहेको छ । यी १० वटा कम्पनीको मूल्य घटने दर २।१८ प्रतिशत देखि ८।२४ प्मारतिशत सिमीत रहेको छ । जस अनुरुप कम्पनीको मूल्य घटने क्रम मत्थर भएको छ ।

यो हप्ता सबैसेक्टरको (sector wise) उप-सूचक बढेको छ । फाईनान्ससमूहको उप-सूचक सबभन्दा बढी ४।४७ प्रतिशतले बृद्दि भएको छ भने माईक्रो फाईन्यान्स समूहको उप-सूचक ० दशमलब ०१  प्रतिशतले सबभन्दा कम दरले बढेको छ ।

साप्ताहिकरुपमा सेयर बजारलाई प्राविधिक सूचकहरूबाट हेर्दा, बोलिंगर ब्यान्ड (Bollinger Band) फुक्ने र खुम्चने दुबै छाटकाँट देखाएको छैन । नेप्सेले बोलिंगर ब्यान्ड (Bollinger Band) को मध्ये रेखालाई तोडने प्रयास तर्फ अगाडि बढेको प्रतित हुन्छ । अर्को हप्ता तोडन सफल भएमा नेप्सेको उकालो यात्रा मजबुत हुने देखिन्छ । नेप्सेको बनेको साप्ताहिक क्यान्डलले पनि मध्ये रेखा तोडने सम्भावना देखाएको छ । तलको चित्र हेर्नुहोस ।


पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्सेले दोस्रो आड (Support, S2)१९२३ मा टेवा लिएर बसेको छ । गत जुन २०२२ मा यसै दोस्रो टेवा (Support, S2) सम्म नेप्से आएर पहिलो टेवा (Support, S1) मा ठोकिएर पुन नेप्से तल ओर्लेको थियो । नेप्सेको उकालो यात्राको लागी आगामी साता नेप्सेले दोस्रो टेवा (Support, S2) मा आड लिएर माथि जानु जरुरी हुन्छ । नेप्सेले तीन सात साता देखि दोस्रो टेवा (Support, S2) मा रुमलिरहेको छ । तलको चित्र हेर्नुहोस् ।

मनी फ्लो सूचक (MFI) अघिल्लो साताको३९।५४ अंकबाट घटेर १८।७२ अंकमा झरेको छ । यस सूचकले बजार मूल्य तथा भोलुम दुबैलाई लिएर हिसाब निकाल्ने गर्छ । सो अनुरुप यस हप्ता नेप्सेबढे पनि भोलुम घटेको कारण MFI  घटेको छ । घट्दो MFI ले बजारमा बिक्रीकर्ताको हावी घटदै गएको संकेत गर्दछ । MFI २० भन्दा मुनि गएको कारण अब बजार धेरै तल जादैन भन्ने संकेत हो ।  MFI रेखा तल तिर सोझिएको छ तर विगतको MFI अध्ययन गर्ने हो भने यो अब माथी फर्कने संकेत पनि हो ।तलको चित्र हेर्नुहोस् ।

साताको अन्तिम दिन तुलनात्मक उच्च भोलुमसँग संगै बजार बढनुले आगामी हप्ता बजार माथि जाने संकेत गर्दछ । तर बजारको प्रवृति अनुसार यस साता ५ दिन उकालो लागी सकेकोले अबको हप्ता केहि दिन उकालो लागेपछि केहि correction अवश्य आउँछ नै ।

बाह्य वातावरण सेयर बजारको लागी सकारात्मक रहेको छ । नेपाल राष्ट्र बैंकबाट जारी सूचना तथा अर्थविद्को विश्लेषण अनुरुप नेपालको अर्थतन्त्र सुधारोन्मुख छ । तरलता सहज हुँदैछ । बैंकको ब्याज दर अब बढदैन बरु घटन सक्छ ।

प्राविधिक र सम्पूर्ण माहौललाई आधार मान्दा नेप्से अब पुन १ हजार ८ सयको तहमा झर्ने सम्भाबना निकै न्यून रहेको छ । नेप्सेले २ हजारको विन्दुमा स्थायीत्व लिएमा नेप्सेको बुल यात्राको लागी यो तह गतिलो जग हुन सक्छ ।