नेप्से थप उकालो लम्कने अभ्यासमा

यो हप्ताको अन्तिम दिन नेप्सेले १ हजार ९ सय माथि बस्ने संघर्ष जितेको छ । हिजोको तुलनामा नेप्से आज २५।५७ (१।३४ प्रतिशत) अंकले थप उकालो लागेको छ । नियमित कारोवारको शुरुको केहि मिनेटमा उकालो लागेको नेप्से तत् पश्चात सामान्य उकालो ओरालो गर्दै आजको उच्चतम विन्दु १ हजार ९ सय ३९।५९ विन्दुलाई छोएर यसको केहि मुनि १ हजार ९ सय ३९।५९ विन्दुमा बजार बन्द भयो । तलको चित्र हेर्नुहोस् ।

आज नेप्सेलाई भोलुमले ठेल्दै माथि नै बसाउन सफल भएको छ । कुल भोलुम पनि आकर्षक नै रहेको छ । आजको कुल भोलुम १ अर्व  ७१ करोड बराबरको रहेको छ । यो हिजोको तुलनामा करिब दाेब्बरले बढी हो । आज पहिलो घण्टामा आएको भोलुमले नेप्सेलाई माथि धकेल्न सफल भएको छ भने अन्तिम घण्टामा आएको भोलुमले नेप्सेलाई माथि नै थामेको छ । आजको कुल कारोबारको सबभन्दा बढी ३४ प्रतिशत कारोबार अन्तिम एक घण्टामा भएको छ । तलको चित्र हेर्नुहोस ।

Figure 1प्रत्येक चारवटा क्रमागत घण्टाको कारोबार भोलुम

आज जम्मा १ सय ७२ वटा कम्पनीको अन्तिम सेयर मुल्य बदेको छ भने १३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै २ वटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबेदल भएन ।

आज मूल्य बृद्दि भएका उत्कृष्ट १० वटा कम्पनीहरु निम्नानुसार रहेको छ । जसमा ९ वटा हाईड्रोपावर कम्पनी र एक उत्पादन समूहका कम्पनीहरु रहेका छन् । यी कम्पनीहरुको अन्तिम सेयर मूल्य बृद्धि ५।३९ देखि १० प्रतिशतमित्र सीमित रहेको छ । बाँकी बढेका कम्पनीको सेयर मूल्यको बृद्दि अन्य दिनको तुलनामा धेरै भएको छ ।

आज घटेका १३ कम्पनीको सेयर मूल्य नगन्य रहेको छ ।

सेक्टर (sector wise) उप-सूचकमा हाईड्रो पावरसमूहको उप-सूचक सबभन्दा बढी ३।१४ प्रतिशतलेबढेको छ । ट्रेडिंगसमूहको उप-सूचक सबभन्दा कम दर०।३४ पतिशतले बढेकोछ । सम्पूर्ण उप-सूचकहरु हरियो मै बन्द भएको छ ।

आज सबभन्दा बढिरकमको कारोवार रिडी हाईड्रो पावरको (RIDI) भयो । यसको कारोबार रकम करीब १४ करोड ३९ लाख बराबरको रहेको छ ।

आज सेयर बजारलाई प्राविधिक सूचकहरूबाट हेर्दा, बोलिंजर ब्यान्ड (Bollinger Band) को तीनवटै रेखा माथि फर्कन लागेको छ । नेप्सेमध्ये रेखामा भन्दा माथि नै बस्न सफल भएको छ । यसले नेप्से उकालो लाग्ने सम्भावनालाई प्रबल बनाएको छ । तलको चित्र हेर्नुहोस् ।


पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्सेले दोस्रो अबरोधक (resistance, R2) पार गरेको छ । अब तेस्रो अबरोधक (resistance, R3) सामना गर्ने क्रममा रहको छ । आगामी साता तेस्रो अबरोधक (resistance, R3)  लाई छिचोलेर नेप्से माथि बसेमा, उकालो यात्रा झनै प्रबल हुनेछ । तलको चित्र हेर्नुहोस् ।

नेप्सेको उकालो यात्रामा भोलुमले साथ दिएको छ । साथै दुई वटै सूचक औजारले नेप्से उकालो लाग्ने नै सम्भावना देखाएको छ । आज बनेको बुलिस क्यानडलले पनि यो सम्भावनालाई थप बल दिएको छ ।

नेपाल राष्ट्र बैंकको रिपोर्ट अनुसार देशको अर्थतन्त्र सुध्रिने क्रममा रहेको छ । आगामी महिना ब्यादर साथ साथै राजनैतिक माहोल बजार मैत्री हुने सम्भावना रहेको छ । जसको कारण बजार पुन माथि जाँदैन भन्न सकिने अबस्था छैन । सामान्य तथा साना लगानीकर्ताले सेयर सस्तो दरमा फाल्नु उपयुक्त हुँदैन । आफ्नो पोर्टफोलियो अनुसार किनबेचको रणनीति तय गर्दै बजार माथि लाने प्रयासमा लाग्नु सबैको लागी कल्याण हुनेछ ।

आजको उफ्राई, भोलुम मार्फत स्थिररहन सकेमा नेप्से अर्को उचाई तर्फ जाने सम्भावना प्रबल हुन्छ ।

 

(तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com

यहांँ उल्लेखित बिश्लेषण बिचारात्मक उदेश्यको लागी मात्र हो । कुनै कारोवारको लागी सल्लाह वा सिफारिस होईन ।)