नेप्से दाेहाेराे अंकले बढेर १९०० माथि
आजको नेप्सेले १ हजार ९ सयमाथि बस्नगरेको प्रयास सफल भएको छ । हिजोको तुलनामा नेप्से आज १३।४० (०।७१ प्रतिशत) अंकले उकालो लागेको छ । नियमित कारोवारको शुरुको केही मिनेटमा उकालो लागेको नेप्से साढे ११ बजे आजको न्यूनतम विन्दु १ हजार ८ सय ८७।७० लाई छोए पश्चात निरन्तर उकालो लाग्यो । उकालोको क्रममा आजको उच्चतम विन्दु १ हजार ८ सय ९८।७० लाई भेट्टाए पश्चात नेप्से स्थिर तवरले तल माथि गर्दै १ हजार ९ सय ११।२६ विन्दुमा आजको बजार बन्द भयो । तलको चित्र हेर्नुहाेस् ।
आजकुल कारोबार रकम(भोलुम)ले१ अर्व भेटाउन सकेन । कारोवार अघिल्लो दिनको तुलनामा केही घटेको छ । कुल भोलुम ८५ करोड ९४ लाख बराबरको रहेको छ। कारोवारअघिल्लो दिनको तुलनामा १६ प्रतिशतले घटेको छ । आज भोलुमले नेप्सेलाई क्रमिकरुपमा माथि धकेल्यो । आजको कुल कारोबारको सबभन्दा बढी ३६ प्रतिशत कारोबार अन्तिम एक घण्टामा भएको छ । तलको चित्र हेर्नुहोस् ।
Figure 1 प्रत्येक चारवटा क्रमागत घण्टाको कारोबार भोलुम
आज जम्मा १ सय ४१ वटा कम्पनीको अन्तिम सेयर मुल्य बढेको छ भने ३८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ८ वटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबेदल भएन ।
आज मूल्य बृद्दि भएका उत्कृष्ट १० वटा कम्पनीहरु निम्नानुसार रहेको छ । जसमा ६ वटा हाईड्रोपावर कम्पनी, २ वटा लघुवित्त र एक एक वटा विकास बैक तथा लगानी समूहका कम्पनीहरु रहेका छन । यी कम्पनीहरुको अन्तिम सेयर मूल्य बृद्धि ३।५४ देखि १० प्रतिशतभित्र सीमित रहेको छ । बाँकी बढेका कम्पनीको सेयर मूल्य सामान्य नै रहेको छ ।
आज सबभन्दा धेरै मूल्य घटेका १० कम्पनीहरु निम्नानुसार रहेको छ । जसमा ५ वटा हाईड्रोपावर कम्पनी, ४ वटा लघुवित्त र एक वटा ट्रेडिंग समूहका कम्पनीहरु रहेका छन । । यी १० वटा कम्पनीको मूल्य घटने दर १।१६ प्रतिशत देखि ४।१३ प्मारतिशतमा सीमित रहेको छ । जस अनुरुप बाँकी घटेका कम्पनीहरुको मूल्य घट्ने दर सामान्य रहेकोछ ।
सेक्टर (sector wise) उप-सूचकमा विकास बैकसमूहको उप-सूचक सबभन्दा बढी १।२७ प्रतिशतले बढेको छ । ट्रेडिंगसमूहको उप-सूचक सबभन्दा धेरै १।२० प्रतिशतले घटेकोछ ।
आज सबभन्दा बढिरकमको कारोवार रिडी हाईड्रो पावरको (HDL)भयो । यसको कारोबार रकम करीब ६ करोड३ लाख बराबरकोरहेको छ । आज सबभन्दा बढी कित्ता सेयरको लेनदेन न्याडी पावर समूह (NGPL) को भएको छ । यसको १ लाख ३६ हजार बराबरको सेयर कित्ता खरिदबिक्रि भएको छ।
आज सेयर बजारलाई प्राविधिक सूचकहरूबाट हेर्दा, बोलिंजर ब्यान्ड (Bollinger Band) को तीनवटै रेखा माथि फर्कन लागेको छ । नेप्सेले मध्ये रेखामा टेवा लिएर माथि नै बस्न सफल भएको छ । यसले नेप्से उकालो लाग्ने सम्भावनालाई देखाउँछ । तलको चित्र हेर्नुहोस् ।
पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्सेलेदोस्रो अबरोधक (resistance, R2)पार गर्ने प्रयासमा रहेको देखिन्छ । भोलि दोस्रो अबरोधक (resistance, R2) १ हजार ९ सय २० विन्दु पार गरेमा नेप्सेको उकालो यात्राको सम्भावना बलियो हुनेछ । तलको चित्र हेर्नुहोस् ।
आज कुल भोलुम घटेता पनि नेप्सेलाई माथि घचेट्न सफल भएको छ । विकास बैंकले ब्याज दर घटाएको छ । आगामी महिना ब्यादर साथ साथै राजनैतिक माहोल बजार मैत्री हुने सम्भावना रहेको छ । जसको कारण बजार पुन माथि जादैन भन्न सकिने अबस्था छेन । सामान्य तथा साना लगानीकर्ताको सेयर सस्तो दरमा फाल्नु उपयुक्त हुँदैन ।आफ्नो पोर्टफोलियो अनुसार किनबेचको रणनीति तय गर्दै बजार माथि लाने प्रसासमा लाग्नु सबैको लागी कल्याण हुनेछ ।
आजको उक्लाई, भोलुममार्फत स्थीर रहन सकेमा नेप्से अर्को उचाई तर्फ जाने सम्भावना प्रवल हुन्छ । साथै पिभोट फिबोनाची अनुरुप दोस्रो अबरोधक (resistance, R2) १ हजार ९ सय २० लाई चनाखोसँग ध्यान दिनुपर्ने देखिन्छ ।
(तथ्यांक स्रोतः www.nepalstock.com.np तथा www.nepsealpha.com।
यहाँ उल्लेखित बिश्लेषण बिचारात्मक उदेश्यको लागी मात्र हो । कुनै कारोवारको लागी सल्लाह वा सिफारिस होईन ।)
फेसबुकबाट तपाईको प्रतिक्रिया