१९०० विन्दुमा टिक्न प्रयास गर्दै नेप्से
आजको कारोवारबाट नेप्सेले १ हजार ९ सय माथि बस्न प्रयास गरेता पनि सफल हुन सकेन । अन्तिममा १ हजार ९ सयभन्दा केही मुनि बसेरै बजार बन्द भयो ।
नियमित कारोवारको शुरुको केही मिनेटमा नेप्से बढ्न खोजेको थियो । तर केही ओरालो लागेर साढे १२ पछि चाहिँ उकालो लाग्यो । करिब साढे १२ पछि नेप्सको आजको उकालो यात्रा टुंगियो । यतिबेला नेप्सेले आजको उच्चतम विन्दु १ हजार ९ सय १९।८० लाई छोएको थियो । तत् पश्चात निरन्तर ओरालो लागेर १ हजार ८ सय ९७।८६ विन्दुमा आजको बजार बन्द भयो । नेप्से हिजोको तुलनामा ६।५९अंक ( ०।३५ प्रतिशत) ले घटेको छ । तलको चित्र हेर्नुहोस् ।
आजकुल कारोबार रकम (भोलुम) १ अर्व मात्रामा मात्र कटेको छ। कुल भोलुम १ अर्ब २३ लाख बराबरको रहेको छ। कारोवारअघिल्लो दिनको तुलनामा नगन्य मात्रामा मात्र बढेको छ ।आज भोलुमले नेप्सेलाई बराबर मात्रामा माथि ठेल्ने र तल झार्ने काम गरेको छ । नेप्से उकालो लाग्दा र ओरालो झर्दा करिब बरावर मात्रामा भोलुम आएको छ । तलको चित्र हेर्नु्होस्।
Figure 1 प्रत्येक चारवटा क्रमागत घण्टाको कारोबार भोलुम
आज जम्मा ४३ वटा कम्पनीको अन्तिम सेयर मुल्य बढेको छ भने १ सय ३४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ९ वटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबेदल भएन ।
आज मूल्य बृद्दि भएका उत्कृष्ट १० वटा कम्पनीहरु निम्नानुसार रहेको छ । जसमा ४ वटा हाईड्रोपावर कम्पनी, ३ वटा लघु वित्त र एक एक वटा लाईफ ईन्सुरेन्स, उत्पादन तथा लगानी समूहका कम्पनीहरु रहेका छन । यी कम्पनीहरुको अन्तिम सेयर मूल्य बृद्धि १।६८ देखि २।९३ प्रतिशत भित्र सीमित रहेको छ । बाँकी बढेका कम्पनीको सेयर मूल्य सामान्य नै रहेको छ ।
आज सबभन्दा धेरै मूल्य घटेका १० कम्पनीहरु निम्नानुसार रहेको छ । जसमा ४ वटा हाईड्रोपावर कम्पनी, ३ वटा लघु वित्त र एक एक वटा विकास बैंक, होटल तथा फाईनान्स समूहका कम्पनीहरु रहेका छन् । । यी १० वटा कम्पनीको मूल्य घट्ने दर ८।५६ प्रतिशत देखि ४।०९ प्रतिशतमा सीमित रहेको छ । जस अनुरुप बाँकी घटेका कम्पनीहरुको मूल्य घटने दर चर्को मात्रामा रहेको छैन ।
सेक्टर (sector wise) उप-सूचकमा ट्रेडिंगसमूहको उप-सूचक सबभन्दा बढी नगन्य ०।३० प्रतिशतले बढेको छ । फाईनान्ससमूहको उप-सूचक सबभन्दा धेरै १।६१ प्रतिशतले घटेकोछ ।
आज सबभन्दा बढी रकमको कारोवार हिमालयन डिष्ट्रिलरीको (HDL) भयो । यसको कारोबार रकम करीब ८ करोड २२ लाख बराबरको रहेको छ । दोस्रोमा नेपाल लाईफ ईन्सुरेन्स कम्पनी (NLIC) ले लिएको छ । आज सबभन्दा बढी कित्ता सेयरको लेनदेन ग्रामिण विकास बैंक प्रबर्धक (GBBLPO) को भएको छ । GBBLPOको १ लाख ५ हजार बराबरको सेयर कित्ता खरिदबिक्रि भएको छ। बिगत केही दिन देखि १० करोडको हाराहरीमा कारोबार भईरहेको शिवम् आज घटेर ४ करोड बराबरको कारोबार मात्र भएको छ ।
आज सेयर बजारलाई प्राविधिक सूचकहरूबाट हेर्दा, बोलिंजर ब्यान्ड (Bollinger Band) आज पनि खुम्चन वा फुक्न दुवै खोजेको छैन । आज पुन: नेप्सेले बोलिंजर ब्यान्ड (Bollinger Band) को मध्ये रेखामा टेवा लिएको छ । मध्ये रेखा तोडेर नेप्से तल नआउनु आजको सकारात्मक पक्ष रहेको छ । मध्ये रेखामा टेवा लिएर नेप्से पुन: उकालो लागेमा नेप्सेको उकालो लाग्ने सम्भावना धेरै रहन्छ । तलको चित्र हेर्नुहोस् ।
पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्से पहिलो अबरोधक (resistance, R1)भन्दा केही तल आएको छ । नेप्सेले पहिलो अबरोधक (resistance, R1) मा टेवा लिने प्रयास गरेको छ । भोलि यसमा टेवा लिन नसकेमा बजार पिभोट तहसम्म आउन सक्ने सम्भावना रहेको छ । आजको शुटिंग स्टार क्यान्डलले यहि संकेत गरेको छ । तलको चित्र हेर्नुहोस् ।
आज शुरुको भोलुमको चापले नेप्सेलाई माथि धकेल्न खोजेको छ । तर पछि त्यहि बराबरको भोलुमले पुन तल धकेलिएको छ । बैंक ब्याज नबढ्ने तर नघट्ने सूचना ठूला कारोवारीमा बजार समयभित्र नै पुगेकोले बजार बढेर तल झरेको अनुमान लगाउन सकिन्छ । हिजो अस्ति मिडियामा आगामी महिना ब्याज घट्ने हल्ला थियो । ब्याज दर नघटेकोले भोलि बजार ओरालो लाग्ने सम्भावना रहेको छ । यस अबस्थामा सामान्य तथा साना लगानीकर्ताको सेयर सस्तो दरमा फाल्नु उपयुक्त हुँदैन । किनभने आगामी महिना देशमा नयाँ राजनैतिक माहौल बन्दैछ । जसको कारण बजार पुन माथि जाँदैन भन्न सकिने अबस्था छेन । साथै यो महिनाको स्थिर ब्याज दरले अब थप ब्याज दर नबढ्ने संकेत पनि गरेको छ ।
आफ्नो पोर्टफोलियो अनुसार किनबेचको रणनीति तय गर्दा राम्रै हुन सक्छ । ठूला कारोवारीले गर्न सक्ने bearish trap प्रति चनाखो हुनु पनि जरुरी हुन्छ ।
(तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com।
यहाँ उल्लेखित बिश्लेषण बिचारात्मक उदेश्यको लागी मात्र हो । कुनै कारोवारको लागी सल्लाह वा सिफारिस होईन ।)
फेसबुकबाट तपाईको प्रतिक्रिया