सेयर बजार उतराचढाव र दवावमा

आगामी हप्ता कस्ताे रहला

यो हप्ता सेयर बजारमा पाँच दिन कारोवार भयो । साताको पहिलो दिनको कारोबार अघिल्लो साताको तुलनामा उकालो लागे पनि बाँकी चार दिन ओरालो लागि रह्यो ।

सेयर कारोबारलाई साप्ताहिकरुपमा बिभाजन गर्दा यस साता अघिल्लो साता भन्दा २८।४६ (१।४८ प्रतिशत) अंकले नेप्से तल झर्यो । जस अनुसार साताको अन्तिम दिन नेप्से १ हजार ८ सय ९३।७० विन्दुमा रहेर बजार बन्द भयो । यो साता नेप्सेले १ हजार ९ सय ८७।३२ विन्दुसम्म उचाई हासिल गरेता पनि पुन यस माथिल्लो विन्दुबाट ९३।६२ (४।७१ प्रतिशत) अंकले तल झरेर बजार बन्द भएको थियाे ।सोमबारको दिन नेप्सेले यो हप्ताको माथिल्लो विन्दु छोएको थियो भने यो साताको नेप्सेको तल्लो १ हजार ८ सय ८९।६३ विन्दु बिहीबारको दिन रेहेको थियो । बजारले उकालो ओरालो गरिरहनु स्वाभिक नै हो । यस हप्ता अघिल्लो हप्ताको तल्लो तहमा बजार नझर्नु सकारात्मक पक्ष रहेको छ । तलको चित्र हेर्नुहोस् ।

कुल कारोबार रकम भोलुम (Volume) लाई हेर्ने हो भने पछिल्लो २१ हप्ताको औषत कारोबार रकम भन्दा तल नै यो हप्ताको कुल कारोबार रकम रहेको छ । २१ हप्ताको औषत कारोबार रकम साढे आठ अर्ब बराबरको रहेको छ भने यो हप्ता सात अर्ब २३ करोड बराबरको कारोबार भएको छ । यो अघिल्लो साताको तुलनामा ६६ प्रतिशतले बढी हो । साप्ताहिक बजार औषत भोलुम तर्फ उन्मूख रहेको छ । तलको चित्र हेर्नुहाेस् ।

सोमवार सबभन्दा धेरै भोलुम आएको छ, साथै यसै दिन देखि नेप्सेलेयस हप्ताको उच्च विन्दु छोएर घटन शुरु गरेको छ । घटने दर बुधवारको दिन सबभन्दा धेरै २  प्रतिशत रहको छ । आईतवार उकालो लाग्दाखेरी २।२५  प्रतिशतले माथि लागेको थियो । नेप्सेले छोएको दैनिक तल्लो विन्दु र माथिल्लो विन्दुको फरक यानी कि उतार चढाव नाप्दा खेरी, सबभन्दा धेरै फरक ५३।५३ अंक बुधबारको दिन रहेको छ । त्यस्तै सबभन्दा कम १८।०६ अंक मंगलवारको दिन रहेको छ ।सबभन्दा बढी  कारोवार भोलुम सोमबारको दिन रहेको थियो भने सबभन्दा कम मंगलबारको दिन रहेको थियो ।यस साताको पाँच दिनको नेप्सेले बनाएको क्यान्डल र तत् दिनको भोलुम सम्बन्ध तलको चित्रमा हेर्नुहोस् ।

यो हप्ता मूल्य बृद्दि भएका १० उत्कृष्ट कम्पनीहरु निम्नानुसार रहेको छ । उत्कृष्ट १० कम्पनीहरुको अन्तिम सेयर मूल्य बृद्धि २।९० देखि ११।९६ प्रतिशत भित्रसीमित रहेको छ । १० प्रतिशतले घट्ने जम्मा तीन ‍वटा कम्पनी रहेका छन् ।

आज सबभन्दा धेरै मूल्य घटेका १० कम्पनीहरु निम्नानुसार रहेको छ । यी १० वटा कम्पनीको मूल्य घटने दर ७।९४ प्रतिशत देखि १०।४२ प्रतिशतले मा सीमित रहेको छ । जस अनुरुप कम्पनीको मूल्य घटनेक्रम उल्लेखनीय रहेको छ ।

यो हप्ता सबैसेक्टरको (sector wise) उप-सूचक एउटा बाहेको सबैको घटेको छ । अन्य समूहको सूचक नगन्य ०।२६प्रतिशतले बृद्दि भएको छ भने फाईन्यान्स समूहको उप-सूचक ३ दशमलब ६८ प्रतिशतले सबभन्दा बढी दरले घटेको छ ।साप्ताहिकरुपमासेयर बजारलाई प्राविधिक सूचकहरू वाट हेर्दा, बोलिंगर ब्यान्ड (Bollinger Band) फुक्ने छाटकाँट देखाएको छ । नेप्सेले बोलिंगर ब्यान्ड (Bollinger Band) को मध्ये रेखालाई तोडेता पनि पुन मध्ये रेखा मुनि नै आएर बसेको छ । अर्को हप्ता तोडन सफल भएमा नेप्सेको उकालो यात्रा मजबुत हुने देखिन्छ । नेप्सेको बनेको साप्ताहिक क्यान्डलले चाहि मध्ये रेखा तोडने सम्भावना कम देखाएको छ । तलको चित्र हेर्नुहोस् ।

पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्सेले दोस्रोआड (Support, S2) १ हजार ९ सय २३ मा टेवा लिएर बसेको छ ।  गत जुन २०२२ मा यसै दोस्रोआड (Support, S2) सम्मनेप्से आएर पहिलो आड (Support, S1) मा ठोकिएरपुन नेप्से तल ओरलेको थियो । नेप्सेको उकालो यात्राको लागी आगामी साता नेप्सेले दोस्रोआड (Support, S2) लिएर माथी जानु जरुरी हुन्छ ।नेप्सेले अघिल्ललो सात साता देखि दोस्रो आड (Support, S2) मा टेवा लिएर बसेको छ । तलको चित्र हेर्नु होस ।


मनी फ्लो सूचक (MFI) अघिल्लो साताको४७।३७ अंकबाट घटेर ३९।५४ अंकमा झरेको छ । यानी सूचकको मध्ये भागमा बजार बसेको छ । यस सूचकले बजार मूल्य तथा भोलुम दुबैलाई लिएर हिसाब निकाल्ने गर्छ । सो अनुरुप यो हप्ता भोलुम बढे पनि नेप्से घटेको कारण MFI  घटेको छ । घटदो MFI ले बजारमा बिक्रिकर्ताको हावी घट्दै गएको संकेत गर्दछ । MFI रेखा तल तिर सोझिएको छ । तलको चित्र हेर्नुहोस् ।

नेप्से उकालो लाग्नलाई सकारात्मक भोलुम आउनु जरुरी छ । यो हप्ताको भोलुमले औषत भोलुम भेटाउन खोजेको छ । तर नेप्सेलाई नकारात्मक हुने गरी । यस हप्ताको उच्च विन्दुलाई नेप्सेले छोएको दिन बजारमा सबभन्दा धेरै भोलुम आएको छ । नेप्से घटनेक्रममा भोलुम घटेको छैन, जुन सकारात्मक संकेत होईन । उच्च विन्दुवाट नेप्से घटदै भोलुम बददै जानु काकताली हो वा Pump and dump को खेल हो ? आगामी साताले देखाउने छ । सोमबार र मंगलवार दुई दिन नेप्से सामान्य अंकले घट्नु तर भोलुम बढ्नु, बुधवार चाहि नेप्सेमा पहिरो जानुले Pump and dump भएको छैन भन्न सकिने स्थिति छेन । साना तथा सामान्य लगानीकर्ताहरुले बजारमा सस्तोमा सेयर नफाल्नु नै उपयुक्त देखिन्छ । गच्छे अनुसार तल्लो प्राविधिक तहमा खरिद गर्नु उपयुक्त हुन सक्छ । आगामी साता नेप्सेले तेस्रो पटक १ हजार ८ सय को तह परिक्षण गर्न सक्छ । यो तहवाट औषत भोलुम नाघेर नेप्से उकालो लागेमा नेप्सेले अर्को उचाई भेटाउने प्रबल सम्भावना रहन्छ ।

(तथ्यांक स्रोतः www.nepalstock.com.np

यहांँउल्लेखित बिश्लेषण विचारात्मक उदेश्यको लागी मात्र हो । कुनै कारोवारको लागी सल्लाह वा सिफारिसहोईन ।)