नेप्सेको उकालो लाग्ने प्रयास असफल

बिहीबार नेप्सेले शुरुको एक घण्टामा उकालो लाग्ने प्रयास गर्यो, तर सकेन । १२ बजे पश्चात नेप्से निरन्तर ओरोलो लाग्यो । आज कारोवार बन्द हुने समयमा हिजो भन्दा २३।५२ अंक ( १।२३ प्रतिशत) ले घटि नेप्से १ हजार ८ सय ९३।७० बिन्दुमा रहयो । आज नेप्से पुन १ हजार ९ सय बिन्दुको मुनि आएको छ । तलको चित्र हेर्नु्हाेस् ।

आजकोकुल कारोबार रकम (भोलुम) १ अर्व ११ करोडबराबरको भएको छ । कारोवार हिजोको तुलनामा करीब २१  प्रतिशतले घटेको छ । भोलुमले आज पनि नेप्से बदन सहयोग गरेन, निरन्तर घट्न दवाब दिई नै रह्यो । नेप्से घट्दा कारोवार घट्नुलाई केही सकारात्मक रुपमा लिन सकिन्छ ।

आजको कारोबार रकम (भोलुम) लाई ४ वटा घण्टामा बिभाजन गर्दा शुरुको पहिलो घण्टा कुल कारोवारको १५ प्रतिशत मात्र कारोवार भएको छ । यस पहिलो घण्टामा नेप्से बढ्न खोजेको थियो । तर पछिका तीनवटा घण्टाको भोलुमले चाहि नेप्सेलाई तल धकेल्न मद्दत गर्यो । पछिल्ला तीनवटा घण्टाको कारोबार रकम क्रमिकरुपमा बदेको छ भने सँगसँगै नेप्से चाहिँ घटेको छ । तलको चित्र हेर्नुहोस् ।

Figure 1प्रत्येक चारवटा क्रमागत घण्टाको कारोबार भोलुम

आज जम्मा १३ वटा कम्पनीको अन्तिम सेयर मुल्य मात्र बढेको छ भने १ सय ७१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै एक वटा कम्पनीको सेयर मूल्य फेरबेदल भएन ।आज मूल्य बृद्दि भएका उतकृष्ट १० वटा कम्पनीहरु निम्नानुसार रहेको छ । जसमा, ३ वटा विकास बैंक, २ वटा हाईड्रोपावरकम्पनी, २ वटा लघु वित्त र एक एक वटा फाईन्यान्स, होटल तथा उत्पादन कम्पनीरहेका छन । यी कम्पनीहरुको अन्तिम सेयर मूल्य बृद्धि ०।२४ देखि ३।९२ प्रतिशतभित्र सीमित रहेको छ । बाँकी बढेका तीन कम्पनीको मूल्य पनि नगन्य मात्रामा मात्र बदेको छ ।

आज सबभन्दा बढी मूल्य घटेका १० कम्पनीहरु निम्नानुसार रहेको छ । जसमा ४ वटा हाईड्रोपावर, २ वटा लघु बित्त फाईन्यान्स, २ वटा लगानी कम्पनी र एक एक वटा फाईन्यान्स तथाअन्य समूहका कम्पनीहरु रहेका छन् । यी १० वटा कम्पनीको मूल्य घट्ने दर ४।४३ प्रतिशत देखि ६।९१ प्रतिशतमा सीमित रहेको छ । जस अनुरुप बाँकी घटेका कम्पनीहरुको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटने दर कम रहेको छ ।

 

सेक्टर (sector wise) उप-सूचकमा आज पनि सबै सेक्टरको उप-सूचक हिजोको तुलनामा घटेको छ ।फाईन्यान्ससमूहको उप-सूचक सबभन्दा बढी २।४६ प्रतिशतले घटेको छ भने बैंकिंगसमूहको उप-सूचक सबभन्दा कम ० दशमलब ६८ प्रतिशतले घटेको छ। हिजो तुलनामा आज सबै उप सूचकहरुको घट्ने दर घटेको छ ।

आज सबभन्दा बढी रकमको कारोवार शिवम् सिमेन्टको (SHIVAM)भयो । यसको कारोबार रकम करिब १० करोड २२ लाख बराबरको रहेको छ । दोस्रो स्थान NRIC  ले लिएको छ । आज सबभन्दा बढी कित्ता सेयरको लेनदेन पनि शिवम् सिमेन्टको (SHIVAM) को नै रहेको छ । SHIVAM को एकलाख ६२ हजार बराबरको सेयर कित्ता खरिदबिक्रि भएको छ।

आज सेयर बजारलाई प्राविधिक सूचकहरू वाट हेर्दा, बोलिंगर ब्यान्ड (Bollinger Band) खुम्चन खोजेको छ । नेप्से झर्न बोलिंगर ब्यान्ड (Bollinger Band) को मध्ये रेखामा रोकिएको छ ।  नेप्सेलेआगामी सातायसैको आड लिएर माथि जाने सम्भावना पनि देखाएको छ । तर ओरालो लागेमा पुन नेप्सेले १  हजार ८ सयको तहमा परीक्षण गर्न जान सक्ने छ ।

पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्सेले पहिलो अबरोधक (resistance, R1)१९१७ मा आड (Support)लिन सकेन साथै पिभोट बिन्दु सम्म पनि आईपुगेन । आगामी साता नेप्सेले १८७० को पिभोट बिन्दु परीक्षण गरेर उकालो लाग्ने कि ओरालो लाग्ने यात्रा तय गर्ने सम्भावना देखिन्छ । यो साता बनेको ४ वटा रातो क्यान्डल pattern  ले नेप्सेले कतै पिभोट बिन्दुवाट death cat bounce (मरेको बिरालो उफ्रने) हुने सम्भावना पनि देखाएको छ ।

आज पनि भोलुमको चापले नेप्सेलाई तल धकेल्दै नै लगेको छ ।केहि हप्ता पछि तरलता सहज हुने बजार हल्ला रहेको छ । यस अर्थमा ठूला कारोबारीले नेप्से तल धकेल्दै सामान्य तथा साना लगानीकर्ताको सेयर सस्तोमा खोस्ने प्रयास गरेको छैन भन्न सकिने अबस्था छैन ।

अर्को साता बजार घटेमा पुन १ हजार ८ सय को तहमा नेप्से जाने सम्भावना रहन्छ । १ हजार ८ सय को तहमा नेप्से तेस्रो पटक परीक्षण हुनेछ । बजार १ हजार ८ सय को वरी परी नबसी तल गएमा पुन अर्को बियरिस trend  शुरु हुन सक्छ । जुन बजारको लागी दुर्भाग्य हुनेछ । अहिले ठूलो संख्यामा रहेको सामान्य तथा साना लगानीकर्ताले सम्हालिएर कारोवार गरेमा बजारमा अर्को बियरिस trend  शुरु हुनबाट जोगिन सक्छ । सामान्य तथा साना लगानीकर्ताले होल्ड गर्नुसाथै जति तल जान्छ आफ्नो गच्छे अनुसार सेयर उठाउनु उपयुक्त रणनीति हुन सक्छ । ठूला कारोवारीले बजारलाई आफ्नै बलबुत्ताबाट मात्र बजार धेरै तल लान सक्दैन ।

(तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com

यहाँ उल्लेखित बिश्लेषण बिचारात्मक उदेश्यको लागी मात्र हो । कुनै कारोवारको लागी सल्लाह वा सिफारिस हाेइन ।