आज नेप्सेलाई भोलुमलेथिच्दै तल झार्यो
आज नेप्सेले शुरुको १० मिनेटमा उकालो लाग्ने प्रयास गर्यो । तर प्रयास बिफल भयो । तत् पश्चात निरन्तर ओरालो लागी नै रहयो । ओरोलो लाग्दा लाग्दै अन्तिममा नेप्से हिजो भन्दा ३९।१५ (२ प्रतिशत) अंकले घटेर १ हजार ९ सय १७।२२ बिन्दुमा बजार बन्द भयो । तलको चित्र हेर्नुहोस् ।
आजकोकुल कारोबार रकम (भोलुम) १ अर्व ४० करोड बराबरको भएको छ । यो हिजोको तुलनामा करिब ४० प्रतिशले बढी हो । तर बदेको भोलुमले नेप्से बदन सहयोग गरेन, बरु निरन्तर घटन दवाब दिई नै रह्यो ।
आजको कारोबारलाई ४ वटा घण्टामा बिभाजन गर्दा शुरुको पहिलो घण्टाको भोलुम बाँकी तीनवटा घन्टाको तुलनामा कम रहेको छ । बाँकी तीनवटा घण्टाको भोलुम चाहि लगभग समान नै रहेको छ । यस तीन घण्टाको समान भोलुमले नेप्सेलाई थिच्ने काम गरि नै रह्यो । तलको चित्र हेर्नुहोस् ।
Figure 1 प्रत्येक चारवटा क्रमागत घण्टाको कारोबार भोलुम
आज जम्मा४ वटा कम्पनीको अन्तिम सेयर मुल्य मात्र बढेको छ भने १ सय ८१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै सबै कम्पनीको सेयर मूल्य फेरबेदल भएको छ ।
आज मूल्य बृद्दि भएका ४ वटा कम्पनीहरु निम्नानुसार रहेको छ । जसमा, ३वटा हाईड्रोपावरकम्पनी र १ वटा लघुवित्त कम्पनीरहेका छन । यी कम्पनीहरुको अन्तिम सेयर मूल्य बृद्धि ०।४० देखि ७।४२ प्रतिशतभित्र सीमित रहेको छ ।
आज सबभन्दा बढी मूल्य घटेका १० कम्पनीहरु निम्नानुसार रहेको छ । जसमा ४ वटा फाईन्यान्स र दुई दुई वटा विकास बैंक, लघुवित्त तथा हाईड्रोपावर कम्पनीहरु रहेका छन् । यी १० वटा कम्पनीको मूल्य घटने दर ६।३७ प्रतिशत देखि ७।९५ प्रतिशतमा सीमित रहेको छ । जस अनुरुप बाँकी घटेका कम्पनीहरुको मूल्य पनि अघिल्ला दिनहरुको तुलनामा धेरै नै घटेको छ ।
हिजो धेरै मूल्य घटनेमा ५ वटा लघुवित्त कम्पनीहरु रहेका थिए भने आज यो संख्या २ वटामा सीमित भएको छ ।
सेक्टर (sector wise) उप-सूचकमा सबै सेक्टरको उप-सूचक हिजोको तुलनामा घटेको छ ।फाईन्यान्स समूहको उप-सूचक सबभन्दा बढी ४।७३ प्रतिशत घटेको छ भने ट्रेडिंगसमूहको उप-सूचक सबभन्दा कम ० दशमलब ९५ प्रतिशतले घटेको छ।
आज सबभन्दा बदी रकमको कारोवार नेस्डो समृद्दी लघुवित्त संस्थाको (NESDO) भयो । यसको कारोबार रकम करीब ६ करोड ७८ लाख बराबरको रहेको छ । दोस्रो स्थान चाहिँ शिवम् सिमेन्टकोरहेको छ । हिजो शिवम् सिमेन्ट पहिलो स्थानमा थियो । आज सबभन्दा बढी कित्ता सेयरको लेनदेन हिमाल दोलखा हाईड्रोपावर कम्पनी (HDHPC) को भएको छ । HDHPC को दुईलाख १ हजार बराबरको सेयर कित्ता खरिदबिक्रि भएको छ।
आज सेयर बजारलाई प्राबिधीक सूचकहरू वाट हेर्दा, बोलिंगर ब्यान्ड (Bollinger Band) फुक्न छोडेको छ । साथै तीनवटै रेखा माथि सोझिन छोडेको छ, जुन बजार पुन अहिलेकै नेप्से विन्दु वरिपरि रुमलिन सक्ने संकेत हो । नेप्सेभोलि उकालो नलागेमा बोलिंगर ब्यान्ड (Bollinger Band) को मध्ये रेखामा नेप्सेले आड लिन सक्छ र नेप्से पुन माथि जाने सम्भावना रहन्छ । तलको चित्र हेर्नुहोस् ।
पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्सेले दोस्रो अबरोधक (resistance, R2) १ हजार ९ सय १७ मा आड (Support) लिएको छ । आजको नेप्से झराईलाई pull back को रुपमा अर्थ्याउँदा नेप्से पुन माथि जाने सम्भावना रहन्छ । यदि आरोलातिर नै गएमा पुन नेप्सेले १ हजार ८ सय ७० को पिभोट विन्दुमा पुगेर आड लिन सक्छ । आज बनेको रातो मारुबुजु क्यान्डलले बजारको उकालो यात्रालाई चाहिँ प्रश्न चिन्ह खडा गरेको छ । तलको चित्र हेर्नुहोस् ।
बजार उकालो ओरालो लाग्नु स्वभाबिक नै हो । दुबै बोलिंगर ब्यान्ड (Bollinger Band)र पिभोट फिबोनाची (Pivot Fibonacci) सूचक औजारहरुले बजार घटेमा १ हजार ८ सय ५० देखि १ हजार ९ सय बिचमा नेप्सेले आड (support) लिने संकेत गरेको छ । नेप्से घट्दा भोलुम बढ्नु सकारात्मक बिषय होईन । यसमा दुईवटा संकेत रहेको छः १) ठूला सेयर कारोबारीले भोलुम चाप दिएर बजार घटाउने र पुन तल्लो विन्दुमा सेयर उठाउने रणनीति राखेको, २) लगानीकर्ताहरुको बजार घट्छ नै भन्ने मनोविज्ञानले घट्दो मूल्यमा सेयर बेच्ने गरेको । जस अनुरुप बजार बढ्नेमा लगानीकर्ताहरुको मनोविज्ञान मजबूत नभएको संकेत गर्दछ ।
हिजो र अस्ति सामान्य हिसाबले घटेको बजार साथै भोलुमलाई पनि विचार गर्दा, आज चर्को हिसाबले नेप्से घटनुले माथि १ नम्बरको संकेतलेप्रबल सम्भावना बोकेको छ । यस अबस्थामा साना तथा आम लगानी कर्ताले घेटेको बजारमा नअटाइ wait and see को रणनीति अपनाउँदा ठिक हुन सक्छ । यसो गर्दा ठूला कारोवारीले बजारलाई धेरै तल घटाउने सम्भावना कम हुन्छ ।
(तथ्यांक स्रोतः www.nepalstock.com.np तथा www.nepsealpha.com।
यहाँ उल्लेखित बिश्लेषण बिचारात्मक उदेश्यको लागी मात्र हो । कुनै कारोवारको लागी सल्लाह वा सिफारिस होईन ।)
फेसबुकबाट तपाईको प्रतिक्रिया