नेप्सेको संघर्षपूर्ण यात्रा

आज नेप्सेको यात्रा संघर्षपूर्ण रहयो । नेप्सेले उकालो लाग्ने प्रयास गरिरहयो । तर उक्लन सक्ने र अन्तिममा हिजोको तुलनामा केहि घटेर नै बजार बन्द भयो । नियमित कारोबारको पहिलो १५ मिनेटमा नेप्सेले उकालो लाग्ने प्रयास गरेको थियो । तर तत् पश्चात नै नेप्से ओरालो लाग्यो । पुन उक्लिने प्रयास गर्दा गर्दै करिब १२ बजे तिर आजको न्यून  विन्दु १ हजार ९ सय ४८।८७ लाई छोएर उकालो लाग्न खोज्यो । सकसपूर्ण उकालो यात्रामा आजको उच्चतम विन्दु १ हजार ९ सय ६६।१४ लाई नेप्सेले पौने २ बजेतिर भेट्टाए पछि चाहि ओरालो उकालो गरेर नेप्से १ हजार ९ सय ५६।३६ बिन्दुमा बजार बन्द भयो । यो हिजोको तुलनामा नेप्से सामान्य २।५७ (०।१३ प्रतिशत) अंकले घटेको हो । तलको चित्र हेर्नु होस ।

आजको कारोबार भोलुमले १ अर्वमुश्किलले कट्न सफल भएको छ । तर यो हिजोको तुलनामा करिब आधीले कम हो ।आजको कारोबारलाई ४ वटा घण्टामा बिभाजन गर्दा विचको दुईवटा घण्टा भन्दा अघिल्लो र अन्तिम एक एक घन्टामा कारोवार बढी भएको छ । जस अनुसार कुल कारोवारकोअघिल्लो एक घण्टामा २७ प्रतिशत र अन्तिम एकघन्टामा३४ प्रतिशत कारोवार भएको छ ।  नेप्से ओरालो लाग्ने क्रम पनि पहिलो र अन्तिम एक घन्टामा भएको छ । आज नेप्सेलाई माथी लाने प्रयास बिचको दुई घण्टाको कारोबारले गरेको थियो । तर पनि यो सफल हुन सकेन । अन्तिम घन्टामा आएको घटदो मूल्यमा सेयर बिक्रि गर्न चाहाने लगानीकर्ताहरुको चापले बजार रातोमै बन्द भयो । तलको चित्र हेर्नु होस ।

Figure 1 प्रत्येक चारवटा क्रमागत घण्टाको कारोबार भोलुम

आज ५८ वटा कम्पनीको अन्तिम सेयर मुल्य बदेको छ भने १ सय १४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १२ वटा कम्पनीको अन्तिम सेयर मूल्य फेरबदल भएन ।

आज मूल्य बृद्दि भएका १० उत्कृष्ट कम्पनीहरु निम्नानुसार रहेको छ । जसमा, ३ वटा हाईड्रोपावर कम्पनी, ३ वटा फाईन्यान्स कम्पनी, २ वटा लघु वित्त र एक एकवटा अन्य तथा लाईफ ईन्सुरेन्स कम्पनी रहेका छन । उत्कृष्ट १० कम्पनीहरुको अन्तिम सेयर मूल्य बृद्धि १।८३ देखि ४।२२ प्रतिशतभित्र सीमित रहेको छ । साथै मूल्य बृद्दि भएका बाँकी कम्पनीको सेयर मूल्य बृद्दि सामान्य मात्र रहेको छ ।

आज सबभन्दा बढी मूल्य घटेका १० कम्पनीहरु निम्नानुसार रहेको छ । जसमा ५ वटा लघु वित्त र ५ वटा हाईड्रोपावर कम्पनीहरु रहेका छन् । यी १० वटा कम्पनीको मूल्य घटने दर २।९३ प्रतिशतदेखि ५।७७ प्रतिशतमा सीमित रहेको छ । जस अनुरुप कुनै पनि कम्पनीको मूल्य चर्कोसँग घटेको छैन ।

हिजो धेरै मूल्य घटनेमा ७ वटा लघु वित्त कम्पनीहरु रहेका थिए भने आज यो संख्या ५ वटामा सीमित भएको छ ।

सेक्टर (sector wise) सूचकमा लाईफ ईन्सुरेन्ससमूहको सूचक सबभन्दा बढी १।०३ प्रतिशतले बृद्दि भयो भने ट्रेडिंगसमूहको सूचक सबभन्दा धेरै १ दशमलब ५६ प्रतिशतले घटयो ।

आज सबभन्दा बढी रकमको कारोवार शिवम् सिमेन्टको (SHIVM) भयो । यसको कारोबार रकम करिब ८ करोड ५७ लाख बराबरको रहेको छ । दोस्रो स्थान चाहिँ सिटिजन बैंकको(CZBIL)रहेको छ । हिजो शिवम् सिमेन्ट दोस्रो स्थानमा थियो ।आज सबभन्दा बढी  कित्ता सेयरको लेनदेन सिटिजन बैंकको भएको छ । सिटिजन बैंकको तीन लाख ७३ हजार बराबरको सेयर कित्ता खरिदबिक्रि भएको छ।

आज सेयर बजारलाई प्राविधिक सूचकबाट हेर्दा, बोलिंगर ब्यान्ड (Bollinger Band)फुक्न छोडेर यसको तीनवटै रेखा माथि तिर फर्केको छ, जुन बजारको लागी सकारात्मक संकेत हो । यसले नेप्से माथितिर लाग्ने संकेत गर्दछ । नेप्से  विन्दु माथिल्लो तहको बोलिंगर ब्यान्ड (Bollinger Band)भित्र नै रहेको छ । तलको चित्र हेर्नुहोस ।

पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्सेले तेस्रो अबरोधक (resistance, R3) १ हजार ९ सय ५० लाई छोएर पुन माथि नै बस्न सफल भएको छ । आज आएको सामान्य केक्सन सकिएर भोली नप्से पुन माथि  गएमा नेप्सेले अर्को उच्च तह छुन जाने सम्भावना प्रबल रहन्छ । जुन २ हजार २  सय तिर को तह हुन सक्छ । यदि नेप्से झरेमा यहि तेस्रो अबरोधक (resistance, R3) मा आड (Support) लिने सम्भावना देखिन्छ ।आज बनेको क्यान्डलले बजार अझै अनिर्णित अबस्थामा रहेको संकेत गर्दछ ।  तलको चित्र हेर्नु होस ।

 

बजार उकालो ओरालो लाग्नु स्वभाबिक नै हो । बोलिंगर ब्यान्ड (Bollinger Band) को मान्यता अनुरुप बजार उकालो लाग्ने संकेत गर्दछ । तर भोलुम घट्नु चाहि स्वभाविक देखिएको छैन । आजको घण्टा क्रमको कारोवार अबधिमा नेप्से घट्दा भोलुम बढेको छ भने बढ्दा भोलुम घटेको छ । यसले लगानीकर्ताहरु बढेको बेला बजारबाट निस्कन चाहेको अनुमान लगाउन सकिन्छ । बजार बढ्नेमा लगानीकर्ताहरुको मनोविज्ञान मजबूत नभएको संकेत गर्दछ ।

हिजो सामान्य अंकमा घटेको बजार आज पनि सो भन्दा कम अंकमा घट्नु बजार थामिन प्रयास गरेकोरुपमा लिन सकिन्छ । भोलि  भोलुम बढेर बजार बढेमा बजारको माथिल्लाे यात्रा झन् मजबूत हुँदै जानेछ ।

 

(तथ्यांक स्रोतः www.nepalstock.com.npतथा www.nepsealpha.com

यहाँ उल्लेखित बिश्लेषण विचारात्मक उदेश्यको लागी मात्र हो । कुनै कारोवारको लागी सल्लाह वा सिफारिस होईन ।)