कुमारी बैंकको साधारणसभा आज
कुमारी बैंकको साधारणसभा आज कार्तिक २१ गते सोमबार हुदै छ। बैंकको साधारणसभा नक्साल स्थित कार्यालयमा हुने छ ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक बर्ष २०७८-०७९ को वितरणयोग्य मुनाफाबाट कर सहित १२.५० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ। बार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३ सय २६ रुपैयाँ रहेको छ ।
हाल कुमारी बैंक र एनसीसी बैंक मर्जर प्रक्रियामा रहेका छन् । मर्जर प्रक्रियामा रहेको कारण बैंकको कारोबार रोक्का रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । सो मिति भन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया