सेयर बजार पुन उकालो तर्फ

साताको अन्तिम दिन ओरालो लागेको सयेर बजारले आज साताको पहिलो दिन सेयर बजार उकालो लागेको छ ।नियमित कारोवारको पहिलो १५ मिनेटमा नेप्से केहि उकालो लागे पनि १ हजार ९ सय १९ को आजको तल्लो विन्दुसम्म ओरालो लागे पछि निरन्तर उकालो लाग्यो । अन्तिममा आजको उच्चतम उचाई हासिल गरेरै बजार बन्द भयो । नेप्से १ हजार ९ सय ६५।३६ विन्दुमा बजार बन्द भयो । अघिल्लो दिनको कारोवारको तुलनामा नेप्से ४३।२ (२।२५ प्रतिशत) ले बढेको छ । तलको चित्र हेर्नुहोस ।

आज निकै नै उत्साजनक कारोबार भोलुम आएको छ । करिब १ अर्ब ५४ करोड बराबरको कारोबार भएको छ, जुन अघिल्लो कारोबार रकम भन्दा ६३ प्रतिशतले बढी हो ।

आजको कारोबारलाई ४ वटा घण्टामा बिभाजन गर्दा अन्तिम एक घण्टामा कुल कारोवारको ३२ प्रतिशत कारोबार भएको छ । कारोबार समयलाई बराबर दुई दुई घण्टामा बिभाजन गर्दा पछिल्लो दुई घण्टाको कारोबार अघिल्लो दुई घण्टाको भन्दा ३७ प्रतिशतले बढीरहेको छ । यस अर्थमा आजको पछिल्लो कारोबार चापले नेप्से बढ्न मद्दत गरेको छ । खरिदकर्ताले बढ्दो मूल्यमा सेयर खरिद गर्न नहिच्किचाएको संकेत गरेको छ । तलको चित्र हेर्नु होस ।

Figure 1 प्रत्येक चारवटा क्रमागत घण्टाको कारोबार भोलुम

आज १ सय ८५ वटा कम्पनीको सेयर मुल्य बढेको छ भने १ वटा कम्पनीको मात्र सेयर मुल्य घटेको छ ।  मूल्य फेरबदल कुनै कम्पनी भएन ।

आज मूल्य बृद्दि भएका १० उत्कृष्ट कम्पनीहरु निम्नानुसार रहेको छ । जसमा, ९ वटा लघु वित्त र १ वटा वटा हाईड्रोपावरकम्पनी रहेका छन । उत्कृष्ट १० कम्पनीहरुको अन्तिम सेयर मूल्य बृद्धि ७।९८ देखि १० प्रतिशतभित्र  सीमित रहेको छ । चारवटा लघु वित्त कम्पनीको सेयर मूल्य सर्किट तहमा बन्द भएको छ । आजको सेयर बजार बदनुमा लघु वित्त समूहको योगदान बढी रहेको छ । सम्भवत जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (JALPA) ले घोषणा गरेको ७६ प्रतिशत बोनस सेयरले यो समूहमा लगानीकर्ता सकारात्मक भएको अनुमान गर्न सकिन्छ ।

आज एउटा मात्र कम्पनी सिटिजन बैंकको सेयर मूल्य नगन्य मात्रा ०।५३ प्रतिशले घटेको छ ।

सेक्टर (sector wise) सूचकमा लघु वित्त समूहको सूचक सबभन्दा बदी ४।५८ प्रतिशतले बृद्दि भयोभने बैंकिग समूहको सूचक बृद्दि दर सबभन्दा कम ० दशमलब ८४ प्रतिशत रहयो ।

आज सबभन्दा बदी कारोवार समृद्दि लघु वित्त संस्थाको (NESDO)भयो । यसको कारोबार करीब १० करोड बराबरको रहेको छ । दोस्रो स्थान चाहिँ एभरेस्ट बैंकको रहेको छ । अघिल्लो कारोवारमा एभरेस्ट बैंक पहिलो रहेको थियो। सबभन्दा बढी कित्ता सेयरको लेनदेन चाहिँ हिमाल दोलखा हाईड्रोपावर कम्पनी (HDHPC) को भएको छ । HDHPC को तीन लाख ९४ हजार बराबरको सेयर कित्ता खरिदबिक्रि भएको छ।

 

सेयर बजारलाई प्राविधिक सूचकहरू वाट हेर्दा, बोलिंगर ब्यान्ड (Bollinger Band) पुनफुक्नशुरु भएको छ । नेप्से विन्दु पुन बोलिंगर ब्यान्ड (Bollinger Band) को माथिल्लो रेखाभन्दा बाहिर गएको छ । नेप्से बोलिंगर ब्यान्डको माथिल्लो रेखा तर्फ तेर्सिनु नेप्से उकालो लाग्ने संकेत हो । तर बोलिंगर ब्यान्डको मान्यता अनुरुप माथिल्लो रेखा नै छोडेर नेप्से माथी गएको हुँदा नेप्से पुन ब्यान्ड भित्र नै आउने सम्भावना रहन्छ ।तलको चित्र हेर्नुहोस ।

 

 

 

पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्सेले तेस्रो अबरोधक (resistance, R3) १ हजार ९ सय ५० लाई तोडेर माथि बस्न सफल भएको छ । भोलि नप्से पुन माथि गएमा नेप्सेले अर्को उच्च तह छुन जाने सम्भावना प्रबल रहन्छ । जुन २ हजार २ सय तिर को तह हुन सक्छ । यदि नेप्से झरेमा यहि तेस्रो अबरोधक (resistance, R3) मा आड (Support) लिने सम्भावना रहन्छ । आज बनेको क्यान्डलले नेप्से माथि नै जाने सम्भावना धेरै देखाएको छ ।  तलको चित्र हेर्नु होस ।

 

बजार केही झरेर पुन उकालो लाग्नु बजारको लागी निकै सकारात्मक संकेत मानिन्छ । यो साता यसरी नै कारोवार भोलुमले साथै दिदै नेप्से उकालो लागेमा नेप्सेको उकालो यात्रा अझ मजबूत हुँदै जानेछ ।

(तथ्यांक स्रोतः  www.nepalstock.com.np

यहाँ उल्लेखित बिश्लेषण बिचारात्मक उदेश्यको लागी मात्र हो । कुनै कारोवारको लागी सल्लाह वा सिफारिस होईन ।)