साताको सेयर बिश्लेषण र आगामी साताको प्रक्षेपण

तिहारको लामो बिदा पछि यस साता ४ दिन सेयर कारोबार भयो । सेयर कारोबारलाई साप्ताहिकरुपमा बिभाजन गर्दा यस साता अघिल्लो साता भन्दा ६३।६७ (३।३४ प्रतितशत) अंकले नेप्से उकालो लाग्यो । जस अनुसार साताको अन्तिम दिन नेप्से १ हजार ९ सय २२।१६ विन्दुमा बजार बन्द भयो । यो साता नेप्सेले १ हजार ९ सय ५६।६१ विन्दसम्म उचाई हासिल गरेता पनि पुन यस माथिल्लो विन्दुबाट १।७६ प्रतिशत झरेर बजार बन्द भएको हो । बुधवारको दिन नेप्सेले यो हप्ताको माथिल्लो विन्दु छोएको थियो भने यो साताको नेप्सेको तल्लो १ हजार ८ सय ५६।९३ बिन्दु शुरुको पहिलो दिन सोमबार रेहेको थियो । बजारले उकालो ओरालो गरिरहनु स्वाभिक नै हो । यस हप्ता अघिल्लो चार हप्ताको तहवाट बजार नझर्नु सुःखद् पक्ष रहेको छ । तलको चित्र हर्नु होस ।

कुल कारोबार रकम भोलुम (Volume)लाई हेर्ने हो भने पछिल्लो २१ हप्ताको औषत कारोबार रकम भन्दा तल नै यो हप्ताको कुल कारोबार रकम रहेको छ । २१ हप्ताको औषत कारोबार रकम साढे आठ अर्ब बराबरको रहेको छ भने यो हप्ता चार अर्ब ३५ करोड बराबरको कारोबार भएको छ, जुन औषत कारोबारको रकम भन्दा झण्डै ५० प्रतिशतले कम हो ।तलको चित्र हर्नु होस । सबभन्दा बढी कारोवार भोलुम बुधबारको दिन रहेको थियो भने सबभन्दा कम सोमवारको दिन रहेको थियो ।

यो हप्ता मूल्य बृद्दि भएका १० उत्कृष्ट कम्पनीहरु निम्नानुसार रहेको छ । उत्कृष्ट १० कम्पनीहरुको अन्तिम सेयर मूल्य बृद्धि १०।६८ देखि १४।७२ प्रतिशतभित्र  सिमित रहेको छ ।

आज सबभन्दा बढी मूल्य घटेका १० कम्पनीहरु निम्नानुसार रहेको छ । यी १० वटा कम्पनीको मूल्य घटने दर २।४७% देखि १४।७६ प्रतिशतमा सिमित रहेको छ । जस अनुरुप धेरै कम्पनीको मूल्य चर्कोसंग घटेको छैन । १० प्रतिशत भन्दा माथि दुईवटा म्युचल फन्डमा मात्र गिरावट आएको छ ।

यो हप्ता सबैसेक्टर (sector wise) सूचक बृद्दि भएको छ । अन्य समूहको सूचक सबभन्दा बदी ७।३४ प्रतिशतले बृद्दि भएको छ भने म्युचल फन्ड समूहको सूचक ० दशमलब ७४ प्रतिशतले सबभन्दा कम दरले बृद्दि भएको छ ।

साप्ताहिकरुपमा सेयर बजारलाई प्राबिधिक सूचकहरू वाट हेर्दा, बोलिंगर ब्यान्ड (Bollinger Band) फुक्ने वा खुम्चने दुबै छाटकाँट देखाएको छैन । नेप्सेले बोलिंगर ब्यान्ड (Bollinger Band) को मध्ये रेखालाई तोडन सकेन । अर्को हप्ता तोडन सफल भएमा नेप्सेको उकालो मजबुत हुने देखिन्छ । नेप्सेको बनेको साप्ताहिक क्यान्डलले चाहि मध्ये रेखा तोडने सम्भावना धेरै देखाएको छ । तलको चित्र हेर्नुहोस ।

पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्सेले दोस्रोआड (Support, S2)१ हजार ९ सय २३ मा टेवा लिएर बसेको छ । गत जुन २०२२ मा यसै दोस्रोआड (Support, S2) सम्मनेप्से आएर पहिलो आड (Support, S1) मा ठोकिएरपुन नेप्से तल ओरलेको थियो । नेप्सेको उकालो यात्राको लागी आगामी साता नेप्सेले दोस्रोआड (Support, S2) लिएर माथी जानु जरुरी हुन्छ ।तलको चित्र हेर्नु होस ।

मनी फ्लो सूचक (MFI) ४७।३७ अंकमा बसेको छ । यानी सूचकको मध्ये भागमा बसेको छ । यस सूचकले बजार मूल्य तथा भोलुम दुबैलाई लिएर हिसाब निकाल्ने गर्छ । सो अनुरुप यो हप्ता नेप्से सूचक बदे पनि अघिल्लो १४ हप्ताको औषत भोलुम भन्दा कम नै रहेको हुंदा यो सूचक बदन सकेन । साथै सूचक रेखा तल तिर फर्केको छ । तलको चित्र हेर्नु होस ।

नेप्से उकालो लाग्नलाई सकारात्मक भोलुम आउनु जरुरी छ । हाल बाहिय परिस्थिति जस्तै बैंक ब्याजदर, तरलता, मुद्रास्फिति आदिले भोलुम आउन नसकिरहेको एउटा दृष्टिकोण रहेको छ । तर चुनाब सकिएर राजनैतिक स्थीरता कायम हुने संकेत रहेको छ । यो बर्षको सबै चाडबाड सकिएको छ । साथै घर जग्गा तथा अन्य लगानी तथा ब्यापारको क्षेत्र खुम्चिदा पनि सेयर बजारमा भोलुम नबदनु कौतुहलताको विषय रहेको छ ।

अब आउने हप्ता पनि उकालो ओरालो गरेर माथी नै बजार बसेमा सेयर बजारको उकालो यात्रा मजबूत हुने देखिन्छ । नेप्से बदनलाई अझै पनि नियमित भोलुम (Volume) लेऔषत भोलुम (Volume) लाई पछ्याउनु पर्ने देखिन्छ ।

 

(तथ्यांक स्रोतः www.nepalstock.com.np

यहाँ उल्लेखित बिश्लेषण विचारात्मक उदेश्यको लागी मात्र हो । कुनै कारोवारको लागी सल्लाह वा सिफारिस होईन ।)