हरिहर सेवा सङ्घलाई एक करोड बराबरको सहयोग

झापाको अर्जुनधारा नगरपालिका–९ मा रहेको हरिहर सेवा सङ्घलाई रु एक करोड बराबरको सहयोग प्रदान गरिएको छ । बिर्तामोड–५ निवासी श्रीमाया भट्टराईको परिवारबाट हरिभक्त सेवा सङ्घ झापा शाखालाई दुई कठ्ठा जमिनसहित मन्दिर स्थापना गर्दै सहयोग प्रदान गरिएको हो । भट्टराईका पति देवीप्रसाद भट्टराईको दोस्रो वार्षिक पुण्यतिथिका अवसरमा उहाँकी पत्नी श्रीमाया, छोरा–बुहारी निर्मल र सुमित्रा भट्टराईले रु एक करोड बराबरको दुई कठ्ठा एक धुर जमिन र सभाहलसहितको मन्दिर आज हस्तान्तरण गर्नुभयो ।

शाखाकी अध्यक्ष शान्ता विष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, वडाध्यक्ष भीष्म मिश्र र धार्मिक समितिका अध्यक्ष लक्ष्मीप्रसाद बस्नेतलाई उक्त जमिनको जग्गाधनी प्रमाणपुर्जा हस्तान्तरण गरिएको थियो ।