चार दिन पछि घट्यो सेयर बजार
आज सेयर बजारको यात्रा ओरालो, उकालो अनि ओरालो यात्रामा स्थिर रहन गयो। ११ बजे नियमित कारोबार खुल्ने वित्तिकै ओरालो लागेको नेप्से २० मिनेट पश्चात माथि उक्लन खोजे पनि ११:३० पछि पुन ओरालो लाग्यो । तत् पश्चात उकालो लाग्न खोजे पनि थप उचाई लिन सकेन । अन्तिम कारोवार समयमा नेप्सेले आजको न्यून विन्दु १ हजार ९ सय १८।८४ लाई छोए पश्चात १ हजार ९ सय २२।१६ विन्दुमा सामान्य उक्लेर बजार बन्द भयो । यो हिजोको तुलनामा १६।१४ अंकले (०।८३ प्रतिशत) नेप्से घटेको हो । नेप्सेले चार दिनको उकालो यात्रा गरेपछि आज नेप्से घटेको हो । तलको चित्र हेर्नु होस ।
आज भोलुम (Volume) वृद्दि नहुनु दुखद् रहेको छ । कारोवार रकमले १ अर्व नाघ्न सकेन । कुल ८९ करोड बराबरको कारोबार भएको छ । जस अनुसार हिजोको तुलनामा ३९ प्रतिशतले कोरोवार घटेको हो ।
आजको कारोबारलाई ८ वटा आधी घण्टामा बिभाजन गर्दा अन्तिम आधी घण्टामा कुल कारोवारको २३ प्रतिशत कारोबार भएको छ । कारोबार समयलाई बराबर दुई दुई घण्टामा बिभाजन गर्दा पछिल्लो दुई घण्टाको कारोबार अघिल्लो दुई घण्टाको भन्दा २६ प्रतिशतले बढी रहेको छ । यस अर्थमा आजको कारोबार चापले नेप्से घट्नलाई मद्दत गरेको छ । तलको चित्र हेर्नु होस ।
Figure 1 आठ वटा क्रमागत आधी घण्टाको कारोबार भोलुम
Figure 2: दुई वटा क्रमागत दुई घण्टाको कारोबार भोलुम
आज २७ वटा कम्पनीको सेयर मुल्य बढेको छ भने १ सय ५३ वटा कम्पनीको सेयर मुल्य घटेको छ । ५ वटा कम्पनीको सेयर मुल्यमा कुनै फेरबदल भएन ।
आज मूल्य बृद्दि भएका १० उत्कृष्ट कम्पनीहरु निम्नानुसार रहेको छ । जसमा, ३ वटा लघुवित्त, ३ वटा वीमा, २ वटा हाईड्रोपावर र एक एक वटा उत्पादन र लगानी कम्पनी रहेका छन । उत्कृष्ट १० कम्पनीहरुको अन्तिम सेयर मूल्य बृद्धि १ देखि ६ प्रतिशत भित्र सिमित रहेको छ । तसर्थ मूल्य बृद्दि भएका सेयरहरको मूल्य खासै बृद्दि भएको छैन ।
आज सबभन्दा बढी मूल्य घटेका १० कम्पनीहरु निम्नानुसार रहेको छ । जसमा ३ वटा हाईड्रोपावर, ३ वटा लघुवित्त, २ वटा फाईनान्स एक एक वटा लगानी र ट्रेडिंग कम्पनी रहेका छन् । यी १० वटा कम्पनीको मूल्य घट्ने दर ३।४० प्रतिशत देखि ४।९४ प्रतिशतमा सिमित रहेको छ । जस अनुरुप कुनै पनि कम्पनीको मूल्य चर्कोसँग घटेको छैन ।
सेक्टर (sector wise) सूचकमा लाईफ ईन्सुरेन्स समूहको सूचक सबभन्दा बढी तर नगन्य मात्रामा बृद्दि भयाे । हाईड्रोपावर समूहको सूचक १ दशमलब ३७ प्रतिशतले सबभन्दा धेरै घटेको छ ।
आज सबभन्दा बढी कारोवार एभरेष्ट बैंकको भयो । यसको कारोबार करिब रुपैयाँ ४ करोड बराबरको भएको छ । दोस्रो स्थान चाहिँ ग्रामीण विकास बैंककाे रहेको छ । हिजो पहिलो स्थानमा रहेको शिवम सिमेन्ट आज पाँचौँ स्थानमा रहेको छ । सबभन्दा बढी कित्ता सेयरको लेनदेन चाहिँ ग्रामीण विकास बैक संस्थापक समूह (GBBLPO) को भएको छ । GBBLPO को एक लाख ७४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ।
आज सेयर बजारलाई प्राविधिक सूचकबाट हेर्दा, बोलिंगर ब्यान्ड (Bollinger Band) फुक्न रोकिएको छ भने आज घटेको नेप्सेकोअन्तिम विन्दु बोलिंगर ब्यान्डभित्र आएर बसेको छ । जस अनुसार नेप्सेले बोलिंगर ब्यान्ड (Bollinger Band) को मान्यतालाई पछाएको देखिन्छ । बोलिंगर ब्यान्डको मान्यता, माथिल्लो वा तल्लो रेखा छोडेर बाहिर गएको अंक फेरि ब्यान्डभित्र नै आउनु पर्छ भन्ने रहेको छ । तलको चित्र हेर्नुहोस ।
पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्सेले तेस्रो अबरोधक (resistance, R3)१ हजार ९ सय ५० लाई छुन सकेन । साथै दोस्रो अबरोधक (resistance, R2) सम्म आए पनि यो भन्दा मुनि गएन । जस अनुरुप अर्को हप्ता नेप्सेले पुनतेस्रो अबरोधक (resistance, R3) परीक्षण गर्न जान सक्छ वा तल झरेर पिभोट तहमा आड (support) लिने प्रयास गर्न सक्छ । आज बनेको क्यान्डले नेप्से पिभोट तहमा परीक्षण गर्न जाने सम्भावना धेरै देखाएको छ । तलको चित्र हेर्नु होस ।
बजार घट्दा भोलुम घटनु सकारात्मक नै मानिन्छ । चार दिनमा ९४ अंकले नेप्से बढेपछि १६ अंकले केही मात्रामा घट्नु स्वभाविक नै हो । आगामी हप्ता पुन सकारात्मक भोलुम नआएमा बजार बढ्ने सम्भावना फेरि कम नै हुन्छ । जस अनुरुप पुन नेप्से १ हजार ८ सय ७० को पिभोट विन्दु वरिपरि रुमलिरहने सम्भावना प्रवल हुन्छ । नेपालमा सेयर बजारको भोलुम बाह्य कारणहरु जस्तै तरलता, ब्याजदर, बैंकको ऋण प्रबाह आदिमा निर्भर हुने गरेको छ।
(तथ्यांक स्रोतः www.nepalstock.com.np
यहां उल्लेखित बिश्लेषण बिचारात्मक उदेश्यको लागी मात्र हो । कुनै कारोवारको लागी सल्लाह वा सिफारिस होईन ।)
फेसबुकबाट तपाईको प्रतिक्रिया