सेयर बजारकाे उकालाे यात्रा कायमै

आज पनि सेयर बजारले उकालो बाटो नै तय गरेको छ ।  बजार सकारात्मक हुँदा  कुल १ अर्ब ४६ करोड बराबरको कारोबार भएको छ । यो हिजोको तुलनामा १३ प्रतिशले  वृद्दि हो ।  हिजो १ हजार ९ सय ३०।९७ मा बसेको नेप्से आज नेप्से १ हजार ९ सय ३८।३० विन्दुमा बन्द भएको छ । जसअनुसार नेप्से आज ७ दशमलब ३२ अंकले (०।३८ प्रतिशतले) उकालो लागेको छ ।

शुरुवाती १५ मिनेट भित्र केही बढेको बजार ११:३० तिर आजको न्यून  विन्दु १ हजार १ सय १७ मा झरे पश्चात सामान्य उकालो ओरालो गरेर सवा १२ पश्चात चाहिँ  निरन्तर उकालो लागेको थियो ।  १ बजेतिर आजको उच्चतम विन्दु १ हजार ९ सय ५६।६१ लाई छोए पश्चात सामान्य ओरालो र उकालो गर्दै रहयो । २:२० पश्चात चाहिँ सिधा ओरालो हिडेको नेप्से, कारोबार समयको अन्तिम तीन मिनेट बाँकी रहँदा ओरालो यात्रा १ हजार ९ सय ३०।९८ मा टुंगिएर माथी उकालो लागेर नेप्से १ हजार ९ सय ३८।३० को विन्दुमा बन्द भयो ।

 

आजको कुल कारोवारको अन्तिम १ घण्टामा ( २ देखि ३ बजे) अघिल्लो तीन घण्टाको तुलनामा सबभन्दा धेरै ४२ करोड बराबरको कारोबार भएको छ । कारोबार समयलाई बराबर दुई दुई घण्टामा बिभाजन गर्दा करिब बराबर मात्राको कारोबार भएको छ । तलको चित्र हेर्नु होस ।

 

 

आज १ सय २४ वटा कम्पनीको सेयर मुल्य बढेको छ भने ५६ वटा कम्पनीको सेयर मुल्य घटेको छ । ५ वटा कम्पनीको सेयर मुल्यमा कुनै फेरबदल भएन ।

आज मूल्य बृद्दि भएका १० उत्कृष्ट कम्पनीहरु निम्नानुसार रहेको छ । जसमा ५ वटा हाईड्रोपावर, ३ वटा लघु बित्त र २ वटा विकास बैंक कम्पनी रहेका छन । उत्कृष्ट १० कम्पनीहरुको अन्तिम सेयर मूल्य बृद्धि ४ देखि ८  प्रतिशतभित्र सिमित रहयो ।

आज सबभन्दा बढी  मूल्य घटेका १० कम्पनीहरु निम्नानुसार रहेको छ । जसमा ४ वटा हाईड्रोपावर, ३ वटा लघु वित्त  एक वटा होटल, ट्रेडिंग र उत्पादन कम्पनी रहेका छन् । यी १० वटा कम्पनीको मूल्य घट्ने दर १।७३ प्रतिशत देखि ३।९६ प्रतिशतमा सिमित रहेको छ ।

सेक्टर (sector wise) सूचकमा अन्य समूहको सूचक सबभन्दा बढी १ दशमलब ४४ प्रतिशतले बृद्दि भएको छ भने  ट्रेडिंग समूहको सूचक १ दशमलब २३ प्रतिशतले सबभन्दा धेरै घटेको छ ।

आज सबभन्दा बढी कारोवार शिवम सिमेन्टको भयो । यसको कारोबार करिब  ७ करोड ८५ लाखको हाराहारीमा भएको छ । दोस्रो स्थान नविल बैंकले लिएको छ । हिजो पहिलो स्थानमा रहेको एन आई सी एसिया बैक आज आठौँ स्थानमा रहेको छ । सबभन्दा बढी कित्ता सेयरको लेनदेन चाहि अपी हाईड्रोपावर(API) को भएको छ । अपीको एक लाख ३६ हजार दुई सय तीन कित्ता सेयर खरिदबिक्रि भएको छ।

आज सेयर बजारलाई प्राबिधिक सूचकहरू बाट हेर्दा, बोलिंगर ब्यान्ड (Bollinger Band) फुक्ने क्रम जारी नै रहेको छ भने नेप्सेकोअन्तिम विन्दु बोलिंगर ब्यान्डको माथिल्लो रेखा भन्दा माथि नै बसेको छ । आज नेप्सेको न्यून विन्दुले बोलिंगर ब्यान्ड (Bollinger Band) को माथिल्लो रेखा छोएर ब्यान्ड भित्र आउने प्रयास गरेपनि ब्यान्ड बाहिरै रहन पुग्यो । नेप्से बोलिंगर ब्यान्डको माथिल्लो रेखा तर्फ तेर्सिनु नेप्से उकालो लाग्ने संकेत हो । तर बोलिंगर ब्यान्डको मान्यता अनुरुप माथिल्लो रेखा नै छोडेर नेप्से माथि गएको हुदा नेप्से पुन ब्यान्ड भित्र नै आउने सम्भावना रहन्छ । यसको मतलब भोलि वा छिट्टै नै नेप्से करेक्सन हुने संकेत गर्दछ । तलको चित्र हेर्नुहोस ।

पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप नेप्सेले तेस्रो अबरोधक (resistance, R3) १ हजार ९ सय ५० लाई पार गर्न खोजे पनि सकेन र पुन तेस्रो अबरोधक (resistance, R3) मुनि नै नेप्से बन्द भयो। भोली तेस्रो अबरोधक (resistance) पार गरेमा नेप्सेले अर्को नयाँ उचाई लिने सम्भावना रहन्छ । भोलि तेस्रो अबरोधक (resistance) पार गर्न नसकेमा बजार पुन यहि तहमा रुमलिने वा तल झरेर दोस्रो अबरोधक (resistance, R2) को तह परीक्षण गर्न सक्छ । आज देखिएको स्पीनिंग टप (Spinning top) क्यान्डलले पनि बजार माथि जाने कि तल जाने भन्ने अनिर्णयमा रहेको संकेत गर्दछ ।

भोलुममा देखिएको क्रमिक सुधार र आज नेप्सेको धीमा बृद्धिले नेप्सेको बढाेत्तरी sustain गर्न खोजेको देखिन्छ । भोलुम र नेप्से दुबै sustain हुँदै गएमा नेप्सेको उकालो यात्रासुनिश्चित हुँदै जाने देखिन्छ ।

(तथ्यांक स्रोतः www.nepalstock.com.np

यहांँ उल्लेखित बिश्लेषण बिचारात्मक उदेश्यको लागी मात्र हो । कुनै कारोवारको लागी सल्लाह वा सिफारिस होईन ।)