आजको सेयर बजार विश्लेषण

तिहारपछि दोस्रो दिनको कारोबारमा सेयर बजार थप उकालो  लागेकाे छ । साथै करोवारको रकम (Volume) पनि बढेको छ । जुन सकारात्मक  छ । झन्डै ३ महिना पछि कारोबार रकमले १ अर्ब नाघेको छ । आजको कुल कारोबार रकम १ अर्ब २९ करोडको हाराहारीमा रहेको छ । जुन अघिल्लो दिनको तुलनमा १ दशमलब ८९ गुणाले बढी हो । यस हिसाबले आजबाट लगानीकर्ताहरुले सेयर बजारमा लगानी बढाएको वा लगानीकर्ताहरु थपिएको अनुमान गर्न सकिन्छ । हिजो १ हजार ८ सय ७४।८७ मा बसेको नेप्से आज नेप्से १ हजार ९ सय ३०।९७ विन्दुमा बन्द भएको छ । यो अघिल्लो दिनको तुलनामा ५६।१० अंकले बदेको हो तत् अनुसार २ दशमलव ९९ प्रतिशतले आज बजार वृद्दि भएको छ ।

आज दिनभरीको कारोवारलाई हेर्दा शुरुको ११ बजेर १० मिनेट सम्म नेप्से केही अंकले बढेको थियो भने त्यसको १० मिनेट पश्चात आजको न्यून बिन्दु १ हजार ८ सय ७३ मा नेप्से झर्न पुग्यो ।  १ बजेर ३० मिनेटसम्म बजार निरन्तर उकालो लाग्यो । यसपछि नेप्से केही बिन्दुले घेटेता पनि १ बजेर ४५ मिनेट पश्चात पुन १ बजेर ३० मिनेट तिर कै उचाई लिएर नेप्से अगाडि बढ्यो  र २ दशमलव ९९ % को बृद्दि हासिल गरेर बजार बन्द भयो । आजको उतारचदावलाई तलको चित्रमा हेर्नुहोस् ।

आजको कारोवार भ्वलुयम (volume) हेर्दा पहिलो दुई घन्टा १ बजेसम्मको कारोवार भन्दा पछिल्लो दुई घन्टा १ देखि ३ बजेसम्ममा करिब दोब्बरले कारोबार भ्वलुयम (volume) बढेको थियो । त्यस्तै १ सय ८१ वटा कम्पनीको सेयर मुल्य बढेको छ भने ३ वटा कम्पनीको सेयर मुल्य घटेको छ । २ वटा कम्पनीको सेयर मुल्यमा कुनै फेरबदल भएन । आज मूल्य बृद्दि भएका १० उत्कृष्त कम्पनीहरु निम्नानुसार रहेको छ । जसमा ८ वटा हाईड्रोपावर कम्पनी रहेका छन भने बाँकी एक, एक वटा उत्पादन र फाईनान्स कम्पनी रहेका छन् । आज न्यादी हाईड्रोवारको सेयर मुल्यले सर्किट छोएर बन्द भएको छ । साथै बाँकी ९ उत्कृष्ट कम्पनीहरुको सेयर मूल्यबृद्धि पनि ८ देखि ९ प्रतिशत भित्र रहेको छ ।

 

सेक्टर (sector wise) सूचकमा फाईनान्स समूहको सूचक सबभन्दा बढी ५ दशमलब ४ प्रतिशतले बृद्दि भएको छ भने म्युचल फन्ड समूहको सूचकको बृद्दि सबभन्दा कम रहेको छ । म्युचल फन्ड समूहको सूचक बृद्दि दर ० दशमलब ५३ प्रतिशत रहेको छ ।

आज उल्लेखनीय हिसाबले कुनै पनि कम्पनीको सेयर मूल्य घटेन ।

आज पनि सबभन्दा बढी कारोवार एन आई सी एसिया बैकको भयो । यसको कारोबार करिब रुपैया साढे छ करोडको हाराहारीमा रहेको छ । दोस्रो स्थान चाहि नविल बैंकले लिएको छ । सबभन्दा बदि कित्ता सेयरको लेनदेन चाहि हाईड्रोईलेक्ट्रिसिटी ईन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी(HIDCL) को भएको छ । HIDCL को एक लाख ३७ हजार दुई सय आठ कित्ता सेयर खरिदबिक्रि भएको छ ।

आज सेयर बजारलाई प्राबिधीक सूचकहरूबाट हेर्दा, बोलिंगर ब्यान्ड (Bollinger Band) फुकेको छ भने नेप्से क्यान्डलको अन्तिम बिन्दुले बोलिंगर ब्यान्डको माथिल्लो रेखालाई पनि तोडेको छ । नेप्से बोलिंगर ब्यान्डको माथिल्लो रेखा तर्फ तेर्सिनु नेप्से उकालो लाग्ने संकेत हो । तर बोलिंगर ब्यान्डको मान्यता अनुरुप माथिल्लो रेखा नै छोडेर नेप्से माथि गएको हुदा नेप्से पुन ब्यान्ड भित्र नै आउने सम्भाबना रहन्छ । यसको मतलब भोली वा छिट्टै नै नेप्से करेक्सन हुने संकेत गर्दछ । तलको चित्र हेर्नुहोस ।

आज नोभेम्बरको लागी नया पिभोट फिबोनाची (Pivot Fibonacci) रेखाहरु बनेका छन । जस अनुरुप नेप्सेले पहिलो र दोस्रो अबरोधक (resistance)पार गरेको छ भने तेस्रो अबरोधक (resistance) १ हजार ९ सय ५० को सामना भोली गर्ने छ । भोली तेस्रो अबरोधक (resistance) पार गरेमा नेप्सेले अर्को नया उचाई लिने सम्भावना रहन्छ ।

आजको भोल्युमले (Volume) गुणात्मक फड्को लिएको छ । भोलिका दिनमा यहि भोल्युम कायम रहि वा क्रमिक सकारात्मक बृद्दी गर्दै गएमा नेप्सेले १ हजार ८ सय को तहलाई बटम (bottom) लगाएको अनुमान ठिक हुन जान्छ ।

(तथ्यांक स्रोतः www.nepalstock.com.npयहां उल्लेखित बिश्लेषण बिचारात्मक उदेश्यको लागी मात्र हो । कुनै कारोवारको लागी सल्लाह वा सिफारिश होईन ।)