सेयर काराेवार ३५ प्रतिशतले बृद्दि

तिहारपछिको आजको पहिलो दिनको कारोबारले सेयर बजारले सकारात्मक दिशा देखाएको छ । तिहार अगाडि नेप्से १ हजार ८ सय ५८ बिन्दुमा बसेको थियो । आज बजार शुरुवाती आधाघन्टासम्म नेप्से उकालो लाग्न खोजेर १ हजार ८ सय ६६ सम्म पुगेकोमा तत् पश्चात १२ बजे तिर १ हजार ८ सय ५७ को न्यून बिन्दुमा आईपुग्यो । यस न्यून बिन्दु पश्चात निरन्तर उकालो लागेर १ हजार ८ सय ७४।८७ मा बजार बन्द भयो ।

समग्रमा नेप्सेले तिहार अघिको बजारको तुलनामा १६।३९ अंकले उकालो लागेको छ, जुन ०।८८ प्रतिशतको बृद्दि हुन जान्छ । त्यस्तै १ सय १० वटा कम्पनीको सेयर मुल्य बढेको छ भने ६५ वटा कम्पनीको सेयर मुल्य घटेको छ । १० वटा कम्पनीको सेयर मुल्यमा कुनै फेरबदल भएन । आज कारोबार रकम पनि अघिल्लो ५१ करोडबाट ६९ करोडमा पुगेको छ,  काराेवार रकममा याे ३५ प्रतिशतले बृद्दि भएको हाे ।

आज मूल्य बृद्दि भएका १० उत्कृष्ट कम्पनीहरु निम्नानुसार रहेको छ । जसमा ५ वटा बाणिज्य बैंक, २ वटा फाईनान्स, बाँकी एक एक वटा हाईड्रोपावर, लगानी तथा बिकास बैंक कम्पनी रहेका छन् ।

आज सबभन्दा बढी मूल्य घटेका १० कम्पनीहरु निम्नानुसार रहेको छ । जसमा ५ वटा हाईड्रोपावर, ३ वटा विकास बैंक र एक एक वटा लघु वित्त तथा फाईनान्स कम्पनी रहेका छन् ।

आज सबभन्दा बढी कारोवार एन आई सी एसिया बैकको भयो । सेयर बजारलाई प्राबिधीक सूचक बाट हेर्दा, बोलिंगर ब्यान्ड (Bollinger Band) को मध्ये रेखालाई नेप्सेले तोडेर उकालो लागेको छ । भोली पनि यो उकालो लागेमा बजार अझ माथी जाने आशा गर्न सकिन्छ । साथै ब्यान्ड खुम्चिने क्रम जारी नै छ । तलको चित्र हेर्नु होस् ।

 

 

यस्तै पिभोट फिबोनाची (Pivot Fibonacci)  सूचकवाट हेर्दा खेरी अहिले नेप्सेले पिभोट बिन्दुलाई तोडेर माथि गएको छैन । भोलि यो तोडिएको खण्डमा नेप्से पहिलो अबरोधक (resistance) १ हजार ९ सय ५० सम्म माथि उक्लिन सक्छ ।

आजको बढाई शुभ संकेत भएता पनि, भोल्युमले (Volume) फडको मारेको स्थिति होईन । भोलिका दिनमा भोल्युमले क्रमश सकारात्मक बृद्दी गर्दै गएमा नेप्से उकालो लाग्दै जाने अपेक्षा गर्न सकिन्छ ।

तथ्यांक स्रोत : www.nepalstock.com.np