तिहारपछिको सेयर बजार कस्तो होला ?

अहिले नेपालको सेयर बजार बियरिस ट्रेन्डमा छ । नेप्सेले ३ हजार २ सयको उचाई छोएर हाल १ हजार ८ सयकोे तहमा रुमलिइरहेको छ । नेप्सेले ३ हजार २ सयको उचाई भेटाउन डिसेम्बर सन् २०२० मा १ हजार ९ सयको तहवाट सुरुवाती यात्रा तय गरेको थियो । के अहिले १ हजार ८ सय प्लसमा रुमलिइरहेको नेप्से यो भन्दा तल जान सक्ला वा पुनः उकालो ।
सेयर बजार असिमित सम्भावना स्थल हो । १ हजार ८ सय को बिन्दु भन्दा तल नेप्से जान सक्दैन भन्न सकिदैन । तल यो जाने नजाने प्राबिधिक विश्लेषणबाट लेखाजोखा गर्न सकिन्छ । विभिन्न प्राबिधिक विश्लेषणको तरिका मध्ये support र resistance को दृष्टिकोणबाट हेर्दाखेरी नेप्सेको १ हजार ८ यसको तहलाई support मान्न सकिन्छ । बिगत ३ महिनादेखि नेप्से १ हजार ८ सय देखि २ हजारको बिचमा तल माथि गरिरहेको छ । जसले १ हजार ८ सयको तह नै कगउउयचत हो कि भन्ने संकेत गर्दछ । गत जुन २०२२ मा नेप्सेले न्यूनतम १ हजार ८ सय ७ को बिन्दु छोएर यसको एक महिना पछि अगस्टमा २ हजार २ सय २४ को माथिल्लो बिन्दु छोएर पुन ओरालो झरेको थियो । ओरालो यात्रामा लागेको दुई महिनापछि सेप्टेम्बरको अन्तिम साता १ हजार ८ सय १४ को तल्लो बिन्दु छोएपछि तिहार बिदाको अघिल्लो दिनसम्म नेप्से १ हजार ८ सय ५८ को बिन्दुमा बसेको छ । यस्तै दैनिक कारोवारको मात्रा (volume) हेर्ने हो भने सेप्टेम्बर पछि दैनिक औषत कारोबार सामानरुपमा रहेको छ ।
यसरी गत जुनमा तल्लो बिन्दु छोएको नेप्सेले तत् पश्चात १ हजार ८ सय र २ हजारकोे बिचमा sideways  खेलिरहेको छ । जसको मतलब नेप्से न तल जान सकेको छ न त माथि चढ्न नै । लामो समयसम्मको कम Volume को कारोबार र बिगतको नेप्से परिसूचकको तथ्यांकले आगामी दिनमा प्राबिधिकरुपमा नेप्से १ हजार ८ सय भन्दा तल जाने सम्भावना कम रहेको संकेत गर्छ । तर अर्थतन्त्रको बाह्य परिस्थिति जस्तै बैंक ब्याज दर, तरलताको अबस्था, मुद्रास्फिर्ति आदिले नेप्से माथि नै जाने ठोकुवा गर्न गार्हो छ । आगामी दिनमा सेयर बजारको यात्रालाई दैनिक कारोबारको तथ्यांकको आधारमा केही प्राबिधिक औजारबाट हेर्दा निम्नानुसार देखिन्छ ।
क) Pivot Fibonacci अनुरुप

तलको चित्रले यस औजार अनुरुप नेप्से तल गएमा कतिसम्म जान सक्छ । माथि आएमा कतिसम्म जान सक्छ र बिचमा कुन बिन्दुमा रुमलिन सक्छ सो को चित्रण गरेको छ । यस औजारले आगामी दिनमा नेप्से १ हजार ९ सयको pivot तहमा रुमलिने सम्भावना देखाउनुको साथै नेप्से pivot बिन्दु भन्दा तलै रहेकोले तल झरेमा पहिलो समर्थन १ हजार ८ सय १७ मा रहेको संकेत गरेको छ । नेप्से माथि गएमा १ हजार ९ सय को बिन्दु पार गर्नु पर्ने देखाएको छ । १ हजार ९ सय ५० मै पहिलो resistance सामना गर्नु पर्ने औल्याएको छ । यसरी चित्रले अन्य दोस्रो र तेस्रो support and resistance बिन्दु पनि देखाएको छ । नेप्सेले तस्रो बिन्दु पार गरेमा ब्रेक आउट भएको मानिन्छ र त्यसपछि नेप्सेले अर्को माथिल्लो वा तल्लो बिन्दु तय गर्ने संकेत गर्दछ ।


ख) Bollinger Band अनुरुप

यस औजार अनुरुप आगामी दिनमा सेयर बजारको लागी तल जाने कि माथि जाने भन्ने दिशा तय गर्नलाई महत्वपूर्ण हुन्छ भन्ने संकेत गर्दछ । तलको चित्र अनुरुप तिहार अगाडिको अन्तिम दिनमा नेप्से बढेर Bollinger को मध्ये रेखालाई छोएको छ । नेप्सेले यो मध्ये रेखालाई तोडेर माथि गएमा नेप्से माथि जाने संकेत गर्दछ भने तल झरेमा नेप्से १ हजार ८ सय मुनिको यात्रातय गर्ने संकेत गर्दछ । साथै Bollinger Band (दुई वटा नीलो रेखा भित्रको भाग) थप खुम्चिने पनि संकेत गरिरेहेको छ । यसरी खुम्चने band छिट्टै कुनै पनि बेला थप फुकेर बजार तल माथि भइ अनियन्त्रित हुन जान्छ ।

ग)Money flow index (MFI) अनुरुप

यस औजारले बजार कुन स्थितिमा छ भन्ने संकेत गर्दछ ।(MFI) को मानक (value) ० देखि १०० सम्म रहन्छ । यदि (MFI) value ३० भन्दा मुनि गएको छ भने तल गईरहेको बजार धेरै तल नजाने वा बजार बेयरिस मुडमा छ भन्ने संकेत गर्दछ । यदि ७० माथि गएमा बजार बुलिस मुडमा भएको र कुनै पनि बेला बजार तल झर्ने संकेत गर्दछ । ३० र ७० बिचको बजारलाई sideways को स्थितिमा बजार रहेको संकेत गर्दछ । हाल नेप्सेको(MFI) Value ४८ रहेको छ । यसले नेप्से कष्मभधबथक को स्थितिमा रहेको संकेत गर्दछ । तर तिहार अगाडि बनेको(MFI) रेखा माथितिर सोझिएको छ । यसले नेप्से माथि जानेसंकेत गरेको छ । तलको चित्र हेर्नु होस् ।

 

घ) Volume विश्लेषण
नेप्से अहिले जुलाई सन् २०२० तिरको औषत न्यून Volume अनुरुप अगाडि बढिरहेको छ । अर्थात जुलाई सन् २०२० पछि सेयर बजारमा अहिले सबभन्दा कम Volume को कारोवार भइरहेको छ । तलको चित्रमा नीलो धर्साले औषत नेप्सेको Volume  लाई जनाउँछ । जुन अगस्टको २०२१ मा उच्चतम बिन्दुमा पुगेपछि निरन्तर ओरालो लागेको छ ।

निष्कर्ष
उल्लेखित सेयर बजारको उतार चढाव सम्बन्धि अबधारणा तथा बिभिन्न औजारको संकेतबाट हाल सेयर बजार माथि जान्छ कि तल झर्छ भन्ने दोधारमा रहेको देखिन्छ । प्राबिधिकरुपमा Volume को खडेरी देखापरेको छ । बजारमा अब बन्ने Volume निकै महत्वपूर्ण हुनेछ । सेयर बजार माथि उक्लिनको लागी सकारात्मक  Volume को निकै जरुरी छ । जसको लागी बाह्य आर्थिक तथा राजनैतिक परिस्थिति नै महत्वपूर्ण आधार हुनेछ ।
(नोटः यो लेख विचारात्मक सोचको उद्देश्यको लागी मात्र हो । कुनै कारोवार वा उत्प्रेरणाको लागी सुझाव, सिफारिस वा सल्लाह होईन । संसारमा कसैले जहिले पनि शतप्रितशत सेयर बजारको स्थिति प्रक्षेपण गर्न सकेको छैन । )