नक्कली नोट सहित पक्राउ

गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी ओरालोबाट १ हजार दरको ११ थान नक्कली नोट सहित गोकर्णेश्वर नगरपालिका-८ बेशीगाउँ बस्ने ३१ वर्षीया दुर्गा महर्जन लगायत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा नक्कली (जालीनोट) कारोबार भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त नक्कली नोट बरामद गरको हो । साथै उनीहरुको साथबाट १ हजार दरको ३६ थान र ५ सय दरको  ९७ थान समेत गरी जम्मा ८४ हजार ५ सय रूपैयाँ सक्कली नोट समेत प्रहरीले बरामद गरेको छ ।