प्याब्सन मध्य क्षेत्रीय समितिमा पाण्डे

Photo By Chaitanya school

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मध्य क्षेत्रीय समितिको आठौं अधिवेशन शनिबार काठमाडौंमा सम्पन्न भएको छ । अधिवेशनले काठमाडौं मध्यवानेश्वरस्थित चैतन्य संस्कार शिक्षालयका प्राचार्य दिनेशकुमार पाण्डेको अध्यक्षतामा सातसदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा धनप्रसाद सुब्बा, सचिवमा रमेश पनेरु, कोषाध्यक्षमा मोहना खनाल, सहसचिवमा प्रेम सिंह श्रेष्ठ रहनुभएको समितिले जनाएको छ । त्यस्तै, सदस्यमा विशाल गौतम र राजनारायण चौधरी रहनुभएको छ । समितिका निवर्तमान अध्यक्ष ईश्वर पुडासैनीको अध्यक्षमा भएको कार्यक्रममा प्याब्सन अध्यक्ष डिके ढुंगानाको पनि उपस्थिति रहेको थियो ।