चमा थुलुङका दुई कृति लोकार्पण
तीनधारे सरोकार समाज, काठमाडौंको आयोजनामा साहित्यकार चमा थुलुङका नाचीनाची बेसारा बालकवितासंग्रह र युम्पी गीतिकाव्यकोे कोटेश्वरस्थित सुम्निमा हलमा लोकार्पण भएको छ ।
डा. थुलुङका ‘युम्पी’ र ‘नाची नाची बेसारा’ को कार्यक्रमका प्रमुख अतिथि प्राडा गोपिन्द्र पौडेल, विशेष अतिथि प्राडा विष्णु राई, प्राडा नारायणप्रसाद गड्तौला, डा यादेवी ढकालले एकैसाथ लोकार्पण गरेका हुन ।
बालकवितासंग्रह नाचीनाची बेसाराबारे साहित्यकार डा. यादेवी ढकाल र बालसमीक्षक सोइना दाहालले बोलेका थिए । बालसमीक्षक सोइना दाहालले बालकविताहरूले बालबालिकाहरूलाई इमानदार, जागरूक र सच्चरित्र बन्न अभिप्रेरित गर्नेे बताइन् । साहित्यकार डा. यादेवी ढकालले बालकविताले ग्रामीण बालजीवनको झल्को दिएको बताइन् ।
साहित्यकार प्राडा विष्णु राईले भने, ‘हामी भौतिकवादी चिन्तनमा लागेका छौँ । फेसबुक पब्जीमा रमाउने गर्छौ । पठन संस्कार घटेको छ । यस्तो अवस्थामा लोकार्पित यस्ता कृतिले नानीहरूलाई पठाउँदा देशका लागि कर्मयोगी व्यक्तित्व तयार गर्न सहयोग पु¥याउनेछ ।’
प्राडा नारायणप्रसाद गड्तौलाले युम्पी गीतिकाव्यमा स्वस्फूर्त रूपमा दर्शन समावेश भएको बताए । प्रमुख अतिथि प्राडा गोपिन्द्र पौडेलले गीतिकाव्यले लोक जीवन, सामाजिक, आर्थिक, सांस्कृतिक पक्ष समेटिएको बताए । विशेषत थुलुङ राईहरूको सांस्कृतिक जीवनलाई घनीभूत रूपमा देखाइएको बताए ।
तीनधारे सरोकार समाजले कोटेश्वरस्थित सुम्निमा हलमा आयोजित कार्यक्रम सञ्चालन डां पुरण राई गरेका थिए । युम्पी गीतिकाव्यको प्रकाशन डि अनुरागी र नाचीनाची बेसारा बालकवितासङ्ग्रह प्रकाशन लेखककै दुई छोरी सोनुस्वर्णिम राई र सौदामिनी सुर्मा राई गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया