आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

रामेछाप गोकुलगंगा गाउँपालिका-३ रस्नालु बस्ने छत्र बहादुर सुनुवारको घरमा शुक्रबार बिहान आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, भाडावर्तन, खसी, कुखुरा लगायत जलेर करिब १६ लाख रूपयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।