नक्कली नोट सहित पक्राउ

सिम्रौनगढ नगरपालिका-५ कनकपुरबाट नेपाली नक्कली नोट १ हजार दरको ८१ थान र ५ सय दरको ३ थान सहित सोही ठाउँ बस्ने ४२ वर्षीय जगदेव महतोलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले महतोलाई आफ्नै घरभित्र लुकाई छिपाई राखेको उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।