आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

देवचुली नगरपालिका-१३ भाजिया पुरी टोलस्थित आशाको किरण शिशु स्याहार केन्द्रमा विद्युत सर्ट भई शनिबार बेलुकी आगलागी हुँदा उक्त भवन र भाडावर्तन जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी मध्यविन्दु नगरपालिका-२ सितापुर बस्ने ३७ वर्षीय राजकुमार महत्तोको किराना पसलमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा विभिन्न सामान, फ्रिज लगायत जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।