करेन्ट लागेर दुईकाे मृत्यु

 पनौती नगरपालिका-१० खोपासी घर भई सिन्धुपाल्चोक मेलम्चीस्थित विद्युत वितरण केन्द्रमा काम गर्ने ३९ वर्षीय ईश्वर गुरागाईको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । मेलम्ची नगरपालिका-१३ स्थित ट्रान्सर्फमरमा डिपो चेन्ज गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी झापा बुद्धशान्ति गाउँपालिका-३ गैरीगाउँ झिलमिलेस्थित आफन्तकोमा आएका पाँचथर याङबरक गाउँपालिका-६ नागी घर भएका ३२ वर्षीय कमल बराईलीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । झिलमिलेस्थित कुलोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।