व्यवसायीलाई क्यूआर कोडको तालिम

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैदेशिक रोजगारमा जाने नेपाली कामदार तथा वजार प्रवद्र्धनका लागि जाने व्यवसायीलाई क्युआर कोड तथा खोपका विषयमा तालिम दिने भएको छ ।

उक्त तालिम आगामी भदौ १७ गते शुक्रबार टेकु स्वास्थ्य सेवा विभागभित्र रहेको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको मनकामना हलमा हुने तय भएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यसमिति, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन नेपाल, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र जातीय, भेगीय संघ संगठनका प्रतिनिधिसहित सबै व्यवसायीलाई सहभागी गराउने गरी उक्त तालिम आयोजना गरिएको संघको समस्या सहजीकरण प्रतिनिधि कर्णराज कटुवालले मध्यान्हलाई बताए ।