नेपालमा डेंगु संक्रमण प्रकोपकै रूपमा फैलियो
काठमाडौं : स्वास्थ्य मन्त्रालयले यस वर्ष नेपालमा डेंगु संक्रमण प्रकोपकै रूपमा फैलिएको जनाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष ३ हजार २२७ जनामा डेंगु संक्रमण पुष्टि भैसकेको छ । हालसम्म ६८ जिल्लामा संक्रमण पुष्टि भएको छ ।
१० जिल्लामा उच्च संक्रमण दर देखिएको छ । ललितपुरमा सबैभन्दा धेरै एक हजार एक सय ८० जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौं, भक्तपुर, रुपन्देही, तेह्रथुम, धादिङ, सिन्धुली, संखुवासभा, गुल्मी र अर्घाखाँचीमा गरी २ हजार ६०५ जना संक्रमित भेटिएका छन् ।
नेपालमा चार वर्षपछि डेंगु प्रकोपका रूपमा देखिएको हो । डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने चिकित्सकको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया