विद्युत खपत बढाएर ग्यास आयात घटाउनु पर्छ : अध्यक्ष लिङ्देन

ऊर्जा क्षेत्र सिमित छैन । देशको भाग्य र भविस्य निर्धारण गर्ने क्षेत्र पनि हो । अहिले नेपाल विद्युत प्राधिकरणले जसरी प्रगति गरिरहेको छ यसका लागि आभार प्रकट गर्दै कर्मचारी परिषद्को २५ औँ वार्षिक उत्सवमा राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले यस्तो बताएका हुन् ।

अध्यक्ष लिङ्देनले देशभित्र विद्युतकाे सामान्य  मात्र खपत भएकाे   बताउँदै यसलाई बढाउनका लागि योजना ल्याउनु पर्नेमा उनले जोड दिए ।  अब विद्युत खपत बढाएर ग्यास आयातलाई घटाउने योजनामा ल्याउनु पर्छ । सरकारले विद्युतीय गाडीमा कर बढाएर निरुत्साहित गरेको छ ।  यसमा सुधार गर्दै ऊर्जा क्षेत्रलाई  सस्तो मुल्यमा विद्युत दिन सक्षम बनाउनु पर्छ । यसले उद्योगधन्दा खुल्ने र रोजगारी बढ्ने उनकाे धारणा थियाे ।

देशको स्थिति विकराल रहेको, विकृत र विसंगति बढेको र भ्रष्टाचार मौलाएको अवस्थामा जनता कसरी बस्ने र कतिन्जेल भन्ने विषय पेचिलो बन्दै गएको बताए । हाम्रो आन्तरिक व्यवस्थापन बलियो नभएकोले वैदेशिक हस्तक्षेपप बढेको छ । सरकारमा टिकिरहन जस्तोसुकै संझौता गर्ने नेतालाई चुनावमा जिताएर परिवर्तनको आउने सोच राख्नु निरअर्थक भएको उनको भनाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोड सेडिङ अन्त्यले नेविप्रा नाफामा गएको बताए । उनले विद्युतीयकरण ६० प्रतिशतबाट ९५ प्रतिशत पुगेको बताए । यो सबैको प्रयासले गर्दा परिवर्तन भएको बताए । उनले विद्युत नपुगेको ठाउँमा विद्युतीकरण गर्नुपर्ने ठूलो चुनौती पनि बताए । उनले विद्युत नपुगेको ठाउँमा विद्युतीकरण गर्न चुनौती रहेको बताउँदै आफु आउनु अघि तलब खान बैंकबाट ऋण लिनुपर्ने अवस्थाबाट अहिले १६ अर्ब नाफामा रहेकोमा गौरवको अनुभूत गरे ।

नेविप्रा आफैंले ५० अर्बको ट्रान्फर्मर र संरचनामा सुधार गर्न लगानी गर्न लागेको, स्वदेशमा खपत बढाउने हो । तर, बढी भएको विद्युत निर्यात गर्ने बताए । हाल भारतमा ४ सय मेगावाट विद्युत दिउसो ७ रुपैयाँ ४० पैसा र राति १२ रुपैयाँ भारतीय रुपैयामा बेचिरहेको दावी गरे । यसबाट प्राधिकरणलाई दैनिक १० करोड आम्दानी भइरहेको सुनाए । उनले देशको आर्थिक संकटलाई निवारण गर्ने हो भने नेविप्रलाई समृद्ध बनाउनु पर्ने भन्दै सरकारले आयोजना र संंरचनाको काममा सहयोग गरे प्राधिकरण लगानी गर्न सक्षम रहेको बताए ।

परिषद्का अध्यक्ष श्री आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा राप्रपा नेपालका प्रवक्ता ज्ञानेन्द्र शाही, कर्मचारी युनियनका राजकुमार थेबे, कर्मचारी संघका टंक अधिकारी, राष्ट्रिय कर्मचारी युनियनका रामेश्वर पौडेल, परिषद्का पूर्व अध्यक्ष बालकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको उद्घोषण परिषद्का सचिव रविन्द्र पौडेलले गरेका थिए ।