नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलब ३३ अङ्कले उकालो लागेर एक हजार नौ सय ९५ दशमलब ३४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलब ४९ अङ्कले उकालो लागेर तीन सय ८८ दशमलब ९५ मा पुगेको छ ।

कूल दुई सय २० कम्पनीको २९ लाख १४ हजार पाँच सय पाँच कित्ता शेयर रु एक अर्ब एक करोड ९५ लाख १६ हजार छ सय ९६ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ६० अर्ब ११ करोड आठ लाख बराबर रहेको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज छ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ । बैंकिङ शून्य दशमलब ७६, होटल तथा पर्यटन चार दशमलब ८१, जलविद्युत् १८, वित्त १० दशमलब नौ, निर्जीवन बीमा छ दशमलब ३७ र जीवन बीमा दुई दशमलब ३६ अङ्कले ओरालो लागेको छ ।

यस्तै, व्यापार एक दशमलब ५७, विकास बैंक छ दशमलब २३, उत्पादन ११ दशमलब ७३, अन्य ३३ दशमलब ८२, लघुवित्त चार दशमलब २७, सामूहिक लगानी कोष शून्य दशमलब शून्य दुई र लगानी शून्य दशमलब १९ अङ्कले उकालो लागेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ५७ लाख ७२ हजार पाँच सय ७५ बराबरको कारोबार भयो । यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल रु छ करोड ३९ लाख एक हजार तीन सय १०, नबिल बैंक रु चार करोड ४९ लाख ९२ हजार पाँच सय ५५, रिडी हाइड्रोपावर रु दुई करोड ९९ लाख छ हजार छ सय १० र हिमाल दोलखा हाइड्रोपावर रु दुई करोड १२ लाख ६० हजार आठ सय ५१ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन् ।

नेप्सेका अनुसार, अप्पर हेवाखोला हाइड्रापावर आठ दशमलब ४५, नबिल ब्यालेन्स फण्ड दोस्रो पाँच दशमलब ३२, ग्लोबल आइएमई समुन्नतत स्किम एक तीन दशमलब ३४ इमर्जिङ नेपाल तीन दशमलब ३४ र लक्षमी उन्नती कोषका लगानीकर्ताले तीन दशमलब ३४ प्रतिशतले कमाएका छन् । त्यस्तै, विन नेपाल लघुवित्त चार दशमलब ७७, एनआइसी एशिया ग्रोथ फण्ड चार दशमलब शून्य तीन, मल्टीप्रपोज फाइनान्स कम्पनी तीन दशमलब ४३, आरबीबी म्युचुअल फण्ड एक तीन दशमलब ४३ र समता घरेलु लघुबित्तका लगानीकर्ताले तीन दशमलब २५ प्रतिशतले गुमाएका छन् ।