चालु वर्षकै सर्वाधिक सापटी चलाए बैंक वित्तीय संस्थाले

तरलता संकटले साढे ६४ अर्ब सापटी गयो

काठमाडौं। बैंक तथा वित्तीय संस्थाले आइतबार चालु वर्षकै सबैभन्दा बढी सापटी राष्ट्र बैंकसँग चलाएका छन्। बैंक तथा वित्तीय संस्थाले साढे ८ प्रतिशत ब्याजको स्थायी तरलता सुविधा प्रयोग गरेका हुन्।

पाँच दिन अवधिको सापटी आइतबार ६४ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ प्रयोग गरेका हुन्। यो चालु वर्षकै सबैभन्दा उच्च सापटी हो। बैंक तथा वित्तीय संस्थाले ३६ पटकसम्म प्रयोग गरेका छन्।

यसअघि ६१ अर्ब ७४ करोड रुपैयाँ सापटी चलेको थियो। चालु वर्ष अहिलेसम्म कुल ११ खर्ब ५२ अर्ब ९५ करोड ७५ लाख रुपैयाँ सापटी चलेको छ। आइतबारसम्मको सापटी बक्यौता एक खर्ब ८६ अर्ब ७० करोड रुपैयाँ नाघेको छ। एसएलएफको अवधि ५ दिनको हुन्छ।