नबिल बैंकको न्यूरोड शाखा हटाउन बालेन शाहको निर्देशन
काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्यूरोडस्थित नबिल बैंकको कार्यालय हटाउन निर्देशन दिएका छन् ।
अनुगमनका लागि बुधबार न्यूरोड पुगेका मेयर शाहले बैंककको कार्यालय बेसमेन्टमा रहेको देखेपछि त्यसलाई हटाउन निर्देशन दिएको उनको स्वकीय सचिव भुपदेव शाहले बताए ।
‘न्यूरोडमा नक्सापास विपरीत बेसमेन्टमा बैंकको कार्यालय रहेको देखेपछि बुधबारबाटै कार्यालय हटाउन निर्देशन दिनुभएको छ’ उनले भने । केही दिन अगाडिदेखि महानगर अवैधानिक रुपमा बनेका संरचना हटाउने अभियानमा रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया