४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

चार वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज भदौ ६ गते अन्तिम दिन रहेको छ । लाभांश बितरण प्रयोजनको लागि भदौ ७ गते बुक क्लोज गर्ने निर्णय गरेका सिद्धार्थ क्यापिटलका २ र लक्ष्मी क्यापिटलका २ गरि ४ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज भदौ ६ गते अन्तिम दिन हो । लक्ष्मी क्यापिटलले संचालन गरेको  लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोष र लक्ष्मी इक्विटी फण्डले  भदौ ७ गते बुक क्लोज मिति तय गरेका हुन् गरेका हुन् । भदौ ६ गतेसम्म  कायम इकाईधनीले फण्डले वितरण गर्ने लाभांश पाउन सक्ने छन् ।

क्यापिटलको साउन १६ गते बसेको संचालक समितिको ७५ औं बैठकले लक्ष्मी बैंकद्धारा प्रवर्द्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोषले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ।

त्यस्तै सोहि बैठकले लक्ष्मी बैंकद्धारा प्रवर्द्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। दुवै फण्डले समान ५ प्रतिशत लाभांश घोषणा गरेका हुन् ।

त्यस्तै सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको सिद्धार्थ ईक्वीटी फण्ड, र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ ले पनि भदौ ७ गते बुक क्लोज गर्ने भएका हुन् । भदौ ६ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन्  ।

क्यापिटलको श्रावण २५ गते अपरान्ह ३:१५ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ९ प्रतिशतले हुन आउने  १३ करोड पचास लाख रुपैंया लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीहरुलाई  १० प्रतिशतका दरले हुन आउने रकम  बाह्र करोड रुपैया प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।