चौबिस घण्टामा देशभर ८ सय ८८ जना कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौंः पछिल्लो चौबिस घण्टामा देशभर ८ सय ८८ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

५ हजार ७३७ जनाको स्वास्थ्य परीक्षण हुँदा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यस्तै, ४ सय ७४ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । सोही समयमा एक जना संक्रमितको मृत्यु भएको छ ।

 

अहिले देशमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ३८७ रहेको मन्त्रालयले जनाएको छ ।