काठमाडौंको फोहोर व्यवस्थापनमा थप चुनौती
काठमाडौं : काठमाडौंको फोहोर व्यवस्थापनमा थप चुनौती थपिएको छ ।
सडकमा थुप्रिएको फोहोर आइतबारदेखि उठाउन थालिए पनि थरीथरीका समस्या र ठाउँठाउँमा भएको अवरोधले फोहर बोकेका गाडी ल्यान्डफिल्ड साइट पुग्न सकेका छैनन् ।
बन्चरेडाँडामा एक्स्काभेटर नभइ फोहोर फाल्न नसक्ने अवस्था रहेको महानगरले जनाएको छ ।
धादिङको धुनिबेसी नगरपालिकाका सत्तारुढ दलहरुले फोहोर फाल्न नदिने घोषणा गरेपछि समस्या थप बल्झिएको छ ।
धुनिबेसी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केन्द्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त वक्तब्य निकालेर बन्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका हुन् ।
उनीहरुले अहिलेसम्म १ सय ७४ वटा सहमति भए पनि कार्यान्वयन नभएको जनाएका छन् ।
उता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहर व्यवस्थापनमा सहयोग नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।
उनले फोहोरमाथि कुहिएको खेल खेलिएको टिप्पणी गरेका छन् ।
बन्चरेडाँडामा भूमिहिन तथा संरचना निर्माण र प्रभावितले पाउने सुविधा तथा मुआब्जा जस्ता
काममा पाँच अर्ब खर्च भइसकेको उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया