गुरुङ जातिको महत्त्वपूर्ण चाड ‘ट्होटें’ मनाउन राष्ट्रपति मंगलबार पोखरा जाने
काठमाडौं : गुरुङ जातिको महत्त्वपूर्ण चाड ‘ट्होटें’ मनाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार पोखरा जाने भएकी छन् ।
तमु धिं नेपालले पोखरामा आयोजना गर्न लागेको ट्होटें विशेष समारोहमा सहभागी हुनका लागि राष्ट्रपति भण्डारी पोखरा जाने भएकी हुन् ।
तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङका अनुसार राष्ट्रपति भण्डारीले सो पर्वको उदघाटन तथा निरीक्षण गर्ने छिन् ।
सोअघि बिहान ११ बजे चिप्लेढुङ्गा स्थित मानवअधिकार चोकबाट गुरुङ समुदायले आ–आफनो सांस्कृतिक तथा धार्मिक भेषभुषमा र्याली प्रदर्शन गर्नेछन् भने सो र्यालीले बजार परिक्रमा गरेपछि तमु धिँ नेपालको कार्यालयमा पुगेर विशेष समारोहमा परिणत हुनेछ ।
गुरुङ समुदायले पोखरालगायतका आसपास क्षेत्रमा हरेक वर्ष धूमधामका साथ ट्होटें पर्व मनाउँदै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया