मुठ्ठीभरको कब्जामा सेयर बजार
हर्षद मेहतासँग सम्बन्धित फिल्म scam 1992 मा मनु मुन्द्रालाई बियरिस ग्यांग यानी सेयर बजार ओरालो लगाउने समूहका नेताकोरूपमा प्रस्तुत गरिएको छ । उनले “गिरादो” भन्ने वित्तिकै सेयर बजार गिराउने तागत रहेको देखाएको छ । ठयाक्कै यो तागत आज ग्लोबल आईएमइ बैंकको सेयर मूल्यमा देखिएको छ । प्री ओपन सेसनमै दाबिएको मूल्य, नियमित कारोबार शुरु हुने बित्तिकै नकारात्मक सर्किट तहमा पुन दावियो । पछि नगण्य तवरले माथी उठन खोजे पनि, उठन सकेन । नरन्तर दाबिनै रहयो । अन्तिममा नकारात्मक सर्किट तहमै GBIME को अन्तिम सयेर मूल्य कायम भयो । आजको भोलुमको मात्रा करिब नौ महिना पछि आएको हो ।
स्मरणको लागी GBIME को जुन १५ काे करिब ६ महिना अगाडि रोकिएको कारोबार आज पहिलो पटक खोलिएको हो । यसरी दाबिन पर्नाको कारण के हो ? आगमी दिनहरुमा प्रष्ट होला । तर के यो प्राकृतिक हो ? के बजार भन्दै सक्नेलाई जे गर्न पनि छुट दिएको हो ? बजारलाई आफ्नै लयमा बग्न दिन अनुगमन गर्नु पर्ने दायित्व कसको हाे ? यसमा सरकारी नियामक निकाय दुधको साक्षी बिरोलो हुनु, के यो सुशासनको प्रत्याभूति हो ? थप स्मरणको लागी रोक्का राखिएको सिभिल बैंककाे सयेर मूल्य कारोबार फुकुवा भएको दिन सकारात्मक सर्किट लागेको थियो । के नेपालको सेयर बजारमा यस्तो छाडा चलखेल बैध हो ? यस्तो ठालू कारोबारीको अवान्छित क्रियाकलापमा राज्यका निकायहरुको मतियारीपना कहिले सम्म ? GBIME को प्रत्येक १० मिनेटको क्यान्डल र भोलुमको परिद्दश्य ।
हिजो केही थामिन खोजेको बजार आज पुन ओरालो लागेको छ । नियमित कारोवारको शुरुमै ओरालो लागेको नेप्से क्षणिक उकालो लाग्ने प्रयास गर्यो । तर क्षण भरमै ओरालै ओरालो लागेर नेप्से, आजको करिब न्यून विन्दु १९१७।२८ मा बजार बन्द भयो ।
भोलुम हिजोको तुलनामा करिब ७१ प्रतिशतले बढेको छ । आजको कुल भोलुम १ अर्ब ६५ करोड बराबरको रहेको छ । सानिमा बैंकको संस्थापक सेयरको करिब ६७ करोड बराबरको कारोबार भएको छ । यसलाई घटाउँदा आजको स्वभाविक भोलुम ९८ करोड बराबरलाई मात्र मान्दा उपयुक्त हुन्छ । नेप्से घटेसँगै भोलुम बढेको भन्ने मान्यता आज लिनु उपयुक्त हुदैन । आज १ बजे देखि १: १० भित्र १० मिनेटको अन्तरालमा करिब ७० करोडको कारोबार भएको छ । सानिमा बैंकको संस्थापक सेयरको कारोबार यहि समय भित्र भएको अनुमान गर्न सक्छौ ।
Figure 1 प्रत्येक १० मिनेटमाभएको कारोबार भोलुम र क्यान्डल बनावट
आज जम्मा ६७ वटा कम्पनीको अन्तिम सेयर मुल्य बढेको छ भने १ सय ५९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ८ वटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबेदल भएन ।
आज सेयर बजारलाई प्राबिधिक सूचकहरूवाट हेर्दा, बोलिंजर ब्यान्ड (Bollinger Band) को माथिल्लो र मध्ये रेखा तल फर्केको छ भने तल्लो रेखा स्थीर रहेको छ । यसले बजार तलै झर्ने निधो दिएको छैन । आजको विचारणीय पक्ष भनेको नेप्से मध्ये रेखाबाट तल आएको छ । यसले बजार पुन ओरालो लाग्ने सम्भावना देखाउछ । तर confirmation चाहिँ अर्को दिनको कारोबारबाट मात्र थाहा हुन्छ । पहिलेका दिनहरुमा पहिलो चोटी तल झर्दा पुन माथि गएको छ ।
पिभोट फिबोनाची (Pivot Fibonacci) अनुरुप आज पिभोट तहमा नेप्सेले आडलिन सकेन र यस भन्दा मुनि नै बसेको छ । नेप्से पिभोट तह मुनि आउनु बजारको लागी सकारात्मक संकेत रहेन ।
बजार२००० माथि जाने दिनहरु झन लम्बिदै गएको छ । माईबापले बजारलाई १८०० र २००० को बिचमा खेलाई राख्ने हो कि भन्ने आशंका ज्यूकांत्यू रहेको छ । बजार घटेने क्रममा कसरी आफ्नो पुँजीवाट लाभ लिने र पूंजी चलायमान राख्ने हो ? यसबारे सर्वसाधारण लगानीकर्ताहरु स्मार्ट हुने प्रयास गर्नु हितदाय हुन्छ । बजारलाई ठूला कारोबारीको एकल बलबुत्ताले मात्र बजारलाई धेरै तल लान सक्दैन । साथै माथि लगेर सर्बसाधारणलाई मुर्गा बनाउन पनि सक्दैन ।
सरकारी नियामक निकाय लाचार हुँदा सर्वसाधारण लगानीकर्ता आफै सचेत र चनाखो हुनु नै आवश्यक छ । ठूलो संख्यामा रहेको सर्वसाधारण लगानीकर्ताले आफ्नो गच्छे अनुसारको जोखिम लिदै कारोबारमा सहभागी भएमा ठूलाको हालीमूहाली केहि हदसम्म टह लाग्न सक्छ । अहिलेको स्थितिमा बढ्ला र खाउला भनेको बस्नु शुतुर्मुर्गाले दुलोमा टाउको लुकाएर आफू सुरक्षित भनेर महशूस गरे जस्तै हो ।
तथ्यांक स्रोतः www.nepalstock.com.np तथा www.nepsealpha.com।
फेसबुकबाट तपाईको प्रतिक्रिया